Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकामा नेपाली विद्यार्थी जेनिशा खडकालाई पौने ३ लाख डलर बराबरको छात्रबृत्ति

अमेरिकामा नेपाली विद्यार्थी जेनिशा खडकालाई पौने ३ लाख डलर बराबरको छात्रबृत्ति

सतीश चापागाईं

११, भाद्र २०७६
images
अमेरिकाको कनेक्टिकट राज्यमा नेपाली विद्यार्थी जेनिशा खडकाले प्रतिष्ठित विश्वविद्यालयमा झण्डै पौने ३ लाख डलर बराबरको छात्रबृत्ति प्राप्त गरेकी छिन् । स्थानिय फेयर फिल्ड युनिभर्सिटी कनेक्टिकटमा जेनिशाले छात्रबृत्ति सहित भर्ना पाएकी हुन् । आफु मेहेनत गरेर काम गर्दै आफ्नो सन्तानलाइ राम्रो शिक्षा दिने काममा नेपालको ललितपुर जिल्लाको लुभुबाट अमेरिकाको कनेकटिकट आएर बसेका सुजित कुमार खडका र जानकी कार्की खडकाको परिवारलाइ यति ठुलो सफलता मिलेको हो । खडका परिवारले आफु दुख गरेर पनि आफ्नो एक्ली छोरी जेनिशा खडकालाइ सदैव अध्ययनको निम्ती प्रेरित गरिनै रहे । अत्यन्त तेज दिमाग र तिक्ष्न ण बुद्धिकि जेनिशाले पनि आफ्नो पुरै समय र सामर्थ्य पढाईमा केन्द्रित गरिन जसले गर्दा हाइस्कुलमा राम्रो ग्रेड ल्याएर उत्रीण भएकोले अत्यन्त प्रतिष्ठित र महँगो मध्यमा पर्ने फेयेर फिल्ड युनिभरसिटि कनेकटिकटमा भर्ना पाएकी हुन् । हुन त त्यही तिक्षण बुद्धि र विलक्षण प्रतिभाकै कारण उनले केहि बर्ष पहिले कनेकटिकटको एउटा प्रतिष्ठित हाइस्कुलमा भर्ना पाएपछि उनको परिवार अमेरिकाको वाल्टिमोरमा स्थापित हुन खोजिरहेकै अवस्थामा कनेकटिकट बसाइ सरेको थियो | हाइस्कुलमा जस्तै कलेजमा मेहेनत गरेरै सफलता पाउने दृढता बोकेकी जेनिशा भन्छिन, "हजारौं डलरको स्कलरशिप पाएकोले यो अवसरलाइ खेर जान दिन्न । मेरो मेहेनतले प्राप्त सफलताबाट आफ्नो परिवारलाइ मात्रै हैन यहाँको नेपाली समाज र आफ्नो मातृभुमिलाइ समेत गौरव गर्न सक्ने बनाउनेछु ।" "हामीले सधैं उनलाई अध्ययन गर्न प्रेरित गर्यौं । उनले सधै हाम्रो शिर उच्च राख्ने काम गरिन । हामी खुशी छौं ।" खड्का दम्पतिले भने । खडका दम्पति बाल्टिमोरदेखि नै सामाजिक काममा पनि अगाडी छन् । मेहेनत गरेर अध्ययन गर्यो भने अमेरिकी बिद्यालयहरुमा नेपाली बिद्यार्थीहरुले राम्रो सम्मान पाएका यस्ता धेरै उदाहरण छन् । जेनिशाको यो सफलताले डिभी लोटरी परेर नेपालबाट अमेरिका आउने नेपाली अभिभावकहरुले आफुले दुख गरेर भएपनि आफ्ना सन्तानलाई सोचेको जस्तो सुनौलो भविष्यतर्फ अगाडी बढाउन सक्छन भन्ने प्रमाणित गरिदिएको छ ।    

images
प्रकाशित मिति :भाद्र ११, २०७६ बुधवार - ०९:२८:३६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend