टेकराज पौडेल
सिकागो, अमेरिका
सेप्टेम्बर, १
सिकागोमा रहेका नेपालीहरुले यो बर्षको तिज भब्यरुपमा मनाएका छन । तिजको दर खाने दिन सेप्टेम्बर १ को दिन पारेर सिकागोमा रहेको नेपालीहरुको साझा संस्था सिकागोल्यान्ड नेपाली फ्रेन्डसीप सोसाइटीले दर खुवाउने र नाच्ने नचाउने कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालीहरुको बाक्लो बस्ती रहेको अप्टाउन स्थित आर्मोरी पार्क बिल्डिङ्गमा आयोजित तिज गित कार्यक्रममा करिब ५०० जना भन्दा बढी महिला दिदिबहिनी तथा दाजुभाईहरुको उपस्तिथि रहेको थियो । दिउँसो २ बजेदेखि शुरु भएको दर खाने नाच्ने नचाउने कार्यक्रम साँझ ८ बजेसम्म चलेको थियो । कुखुराको मासु, आलु बोडि तामाको तरकारी, खिर तथा पुलाउको दर स्थानिय हिमालयन सेर्पा किचनको मीठो खाना उपलब्ध गराएको थियो ।

संस्थाको महिला बिभागद्वारा आयोजित तिज कार्यक्रमको अध्यक्षता कार्यसमिति सद्स्य तथा महिला बिभाग प्रमुख त्रिपूरा सुन्दरी पौडेलले गर्नु भएको थियो भने स्वागत मन्तब्य सन्स्थाकी कोशाध्यक्ष मेनुका थारुले गर्नु भएको थियो ।सामाजिक अभियन्ता कबिता नेपालले सन्चालन गरेको कार्यक्रममा सन्स्थाका सभापति टेकराज पौडेल नेपाल सरकारका बाणिज्य दुत मार्भिन ब्रोस्टिन एन आर एन अमेरिकाका बोर्ड अफ डैरेक्टर सत्य नारायण चौधरी पुर्व साम्सद रामकुमार ज्ञवाली, एन आर एन इलिनोइज च्यापटरका सभापती ललन देब डिसि, सिकागो साहित्य समाजका सभापति बिश्ना बिरही, एसियन काउन्सिलका सद्स्य जितु राणा, सन्स्थाका सल्लाहकारहरु लगायतका महानुभाबहरुको शुभकामना दिनु भएको थियो ।

दिदिबहिनीहरु करिब ५ घन्टासम्म अनबरत रुपमा नाचेका थिए । छोरा छोरी भेट्न नेपालदेखि सिकागो आएका अभिभावकहरुको भनाइ थियो कि यति रमाइलो त नेपालमा पनि हुन्न अभिभावकहरुको सन्ख्या पनि ६० जनाभन्दा बढी रहेको थियो । सन्स्थाका महासचिब शिबराज अधिकारीले उपस्थित सबै सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रमलाई ब्यबस्थापन गर्नको लागि खेम पन्थी, गोपिचन्द्र भुसाल, गोपाल जिसि, मीन दर्लामी , मधु सागर पौडेल, घनश्याम भट्टराई ,नारायण खड्का सुमन श्रेष्ठ, पदम राना, जितु राणा, दिप नारायण अर्याल लगायत एक दर्जन सहयोगी मित्रहरुको सकृय योगदान रहेको थियो । डिजे र म्युजिक सिस्टममा ललन देब र लक्ष्मन न्यौपानेले गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सबैले भने, "सिकागोको तीज भब्य भयो।"