Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गौरीराज जोशीले दिए एनआरएनएलाई एक करोड सहयोग

गौरीराज जोशीले दिए एनआरएनएलाई एक करोड सहयोग

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाजका क्षेत्रीय संयोजक गौरीराज जोशीले संघलाई एक करोड सहयोग गर्नुभएको छ । गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा अध्यक्ष भवन भट्टको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक जोशीले संघको खातामा १ करोड रुपैया सहयोग गर्नु भएको एनआरएनए केन्द्रीय कार्यालयले जनाएको छ । जोशीले प्रदान गरेको सहयोगप्रति एनआरएनए केन्द्रीय कार्यालयले खुशी ब्यक्त गरेको छ । "गैर आवासीय नेपाली संघको अभियानलाई आगाडी बढाउने क्रममा संघका अध्यक्षज्युको आह्वानलाइ कदर गर्दै अमेरिकाजका क्षेत्रीय संयोजक श्री गौरीराज जोशी ज्युले संघको खातामा रु १ करोड सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ। क्षेत्रीय संयोजक श्री गौरी राज जोशी ज्युको निरन्तर प्रगतिको लागी हार्दिक शुभकामना।अध्यक्षज्युले अरु पदाधिकारीहरुलाई पनि सापटीको रुपमा सहयोग उपलब्ध गर्न अनुरोध गर्नुभएको छ,’ संघले आफ्नो आधिकारिक फेसबुक पेजमा भनेको छ । जोशी आगामी अक्टोवरमा हुने निर्वाचनमा सचिवका प्रत्यासी हुनुहुन्छ । यसअघि संघका उपाध्यक्ष तथा आगामी निर्वाचनमा अध्यक्षका उम्मेद्वार कुमार पन्तले एक करोड सहयोग प्रदान गर्नुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १८:२०:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend