Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राम सी पोखरेलद्वारा एनआरएनए अमेरिकाजको उपसंयोजकमा उम्मेद्वारी घोषणा

राम सी पोखरेलद्वारा एनआरएनए अमेरिकाजको उपसंयोजकमा उम्मेद्वारी घोषणा

सतीश चापागाईं

२७, भाद्र २०७६
images
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अमेरिकाज क्षेत्रको उपसंयोजक पदमा राम सी पोखरेलले उम्मेद्वारी घोषणा गरेका छन् । "म उठ्ने निर्णय गरें ।" पोखरेलले नेप्लिज डायस्पोरासंग भने, "साथीभाईहरुको लगातारको आग्रह र एनआरएनएमा बसेर यो क्षेत्रमा केहि गरौँ भन्ने मेरो पहिल्यैदेखिको चाहना पनि हो ।" "मैले भन्दै आएको अमेरिकामा एनआरएनएका गतिविधि हुन नसकेका राज्यमा एनआरएनलाई संगठित गराउँदैं राष्ट्रिय समन्वय परिषद् खोल्नु पर्ने कुरा नै मेरो एउटा एजेन्डा हो ।" पोखरेलले भने । मुख्यत राष्ट्रिय समन्वय परिषद र आइसिसीका बीचमा विधानले तोकेको कार्यक्षेत्रमा रही समन्वयकारी भूमिका खेल्ने भन्दै पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । एनआरएनएको सक्रियतामा महत्वपूर्ण भूमिका खेल्दै आएका पोखरेलले अमेरिका र क्यानडाको एनआरएनए एनसिसीमा एनआरएनहरुलाई संगठित गर्न राष्ट्रिय समन्वय परिषद्सँग मिलेर काम गर्न आफ्नो ईच्छा रहेको पनि बताए । विभिन्न सामाजिक संघ संस्थामार्फत सामाजिक सेवामा सक्रिय रहँदै आएका पोखरेल अमेरिकामा नेपालीहरुको पहिलो लायन्स क्लबको रुपमा रहेको डलास एभरेष्ट लायन्स क्लबको अध्यक्ष भएर काम गरेको अनुभव छ । नेपाली समाज टेक्ससका पुर्ब अध्यक्ष पोखरेलले सन् २०१५र १७ मा गैर आवासीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पनि हुन् ।

images
प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - १८:४८:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend