Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकामा बस्दैआएकी लोकश्रीले नेपाली गीत रेकर्ड गरिन

अमेरिकामा बस्दैआएकी लोकश्रीले नेपाली गीत रेकर्ड गरिन

सतीश चापागाईं

९, आश्विन २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला ।   अमेरिका, यहाँ बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकी छिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बसिरहेकी छिन । यहाँस्थित लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड ४ मा अध्ययनरत लोकश्री परिवारकासाथ छुट्टी मनाउन गत जुलाई १५ मा नेपाल पुगेकी थिइन । नेपाल छँदा उनले उक्त गीत रेकर्ड गराउने मौका पाएकी थिईन । आफ्ना मातापीताको पहलमा उनले यो साईत जुरेको उनले वताइन । दिनदुखीप्रति मायाभाव दर्साउने उक्त गीतलाई अहिलेका चर्चित संगितकर्मी दिपक शर्माले रचना एवं संगीत गरेका हुन् भने नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् । धर्मराज आचार्यको छायाँकन रहेको उक्त गीतको भीडियोलाई राम श्रेष्ठले सम्पादन गरेका छन् । ए वन म्युजिसियनमा रेकर्ड गरिएको उक्त गीतको सवटाईटल भद्र शर्माले गरेका हुन् । गीत गाउन र नृत्य गर्न रुचाउने लोकश्रीले अमेरिकामा रहेको नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती देखाउदै आएकीछिन । अंग्रजी गीतहरु राम्रोसँग गाउने कला भएकी उनले आकर्षक नृत्यसमेत गर्ने गरेकीछिन । भविश्यमा संगीतकर्ममा लाग्ने रुची रहेको वताउने उनले पियानो, भायोलिन लगायतका कक्षाहरु पनि लिईरहेकीछिन । परिवारबाट हौसला पाईरहेको वताउने उनले यो गीत रेकर्ड गर्नुको श्रेय आफ्ना मातापीतालाई दिन चाहन्छिन । दयालुपृष्ठभूमी भएकी लोकश्रीले दोस्रो बर्षको जन्मदिवसको अवसरमा असहाय वालवालिकाहरूको सहयोगमा जुटिरहेको रक्षा नेपालमा आफ्नो जन्मदिन मनाउदै एक लाख रूपयॉ समेत सस्थालाई सहयोग गरेकी थिईन ।        

images
प्रकाशित मिति :आश्विन ९, २०७६ बिहिवार - १९:३४:२५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend