Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए आईसीसीको कोषाध्यक्ष पदमा श्रेष्ठको उमेदवारी घोषणा

एनआरएनए आईसीसीको कोषाध्यक्ष पदमा श्रेष्ठको उमेदवारी घोषणा

सतीश चापागाईं

२४, आश्विन २०७६
images
  काठमाडौं । आगामी महिना हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको कोषाध्यक्षमा महेशकुमार श्रेष्ठले उमेदवारी दिने घोषणा गरेका छन् । लामो समय जापानमा रहेर नेपालीहरुको हकहितका क्षेत्रमा काम गर्दै आइरहेका श्रेष्ठले कोषध्यक्ष पदका लागि उमेदवारी दिने बताएका हुन् । हाल एनआरएनए आईसीसी सदस्य रहेका श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको गैरआवासीय नेपाली संघको नवौं महाधिवेशनबाट निर्वाचित हुने आगामी कार्यसमितिको कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणासहित देहायअनुसार आफ्नो भनाइ राख्ने अनुमति माग्दै यहाँहरुको अमूल्य सुझाव र सहयोगको अपेक्षा गरेको छु ।” श्रेष्ठले एनआरएन अभियानमा कोषाध्यक्षको दाबी गर्दै गैरआवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका छन् । उनले भने, “म लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको छु ।

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - १०:२०:०५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend