Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जापानमा शनिबार शक्तिशाली ताईफु, कुन- कुन रेल तथा हवाईसेवा बन्द हुन्छन् ? हेरौं

जापानमा शनिबार शक्तिशाली ताईफु, कुन- कुन रेल तथा हवाईसेवा बन्द हुन्छन् ? हेरौं

सतीश चापागाईं

२४, आश्विन २०७६
images
  टोकियो । यतिखेर शक्तिशाली ताईफु हागिविसले तोकाई तथा कान्तो क्षेत्रमा असर देखाउन थालिसकेको छ । निरन्तर भारी वर्षा तथा तिव्र गतिमा आँधी चलिरहेको छ । यसैको असरका कारण हालसम्म बन्द हुने सुचना जारी भएका रेल तथा हवाई सेवाहरु यसप्रकार छन् । सिनकानसेन तोकाईदो सिनकानसेन यो लाईनको सिनकानसेन टोकियो र नागोयाबिच बन्द गरिएको छ । त्यस्तै नागोयाबाट सिनओसाका सम्मका ६ वटा लाईनहरुलेबन्द हुने सुचना जारी गरिसकेका छन् । त्यस्तै अर्को,सान्यो सिनकानसेनले पनि ओसाका र ओकायामा लाईन विहान १०:३० बजेपछिविस्तारै घटाउँदै लाने तथा आवाश्यकता अनुसार बन्द गर्ने बताएको छ ।यो संगै, तोहोकु,आकिता,यामागाता,जोएत्सु,होकुरिकुसिनकानसेनले पनि बिहान ११ बजेदेखि ट्रेन संख्या घटाउँदै लाजाने तथा आवाश्यकता अनुसार बन्द पनि हुनसक्ने बताएको छ । टोकियो क्षेत्रमा बन्द हुने रेलसेवाहरु जेआर टोकियो महानगर भित्रका अधिकांस रेल सेवाहरु बिहान ९ बजेदेखि १ बजेसम्ममा बन्द हुनेछन् । जानकारी अनुसार –तोकाईदो लाईन लगभग बिहान १० बजेतिरबाट बन्द हुनेछ –केहिन तोहोकु, चुओ, तथा सोबुलाईन पनि करिब दिउँसो १२ बजे तिर बन्द रहने छ । त्यस्तै यामानोते लाईन पनि करिव १ बजेतिर बन्द हुनेछ । तोबुलाईन बिहान ११ बजेबाट तोबुलाईनले पनि बिस्तारै सेवा घटाउनेछ । १ बजेतिर केहि सर्भिसहरु बन्द पनि हुनसक्ने छन् । सेईबु लाईन सेईबुलाईनले दिउँसो १ बजेबाट आफ्नो सेवा स्थगन गर्ने जनाएको छ । केईओ लाईन केईओ लाईनले बिहान १२ बजेबाट सेवा कटौति गर्दै दिउँसो १ बजेबाट सेवा स्थगन गर्ने जनाएको छ । ओदाईकु लाईन ओदाईकु लाईन पनि बिहन ९ बजेबाट २ बजेसम्ममा पूर्ण प्रभावित हुनेछ । तोक्यु तोक्यु लाईन पनि बिहान ९ बजेबाट११:३० बजेसम्ममा प्रभावित हुने जनाईएको छ । केईक्यु यो लाईन पनि दिउँसो १२ बजेबाट अपराह्न ४ बजेसम्ममा प्रभावित भईसक्नेछ । टोकियो मेट्रो टोकियो मेट्रोलाईन पनि दिउँसो १ बजेबाट मारुनोउची लगायतका केहि लाईनहरु आँसिक बन्द हुनसक्नेछन् । सोतेचु बिहान १० बजेबाट सेवा कटौती गर्दै ११ बजेसम्ममा केहि समयका लागि सेवा बन्द हुनेछन् । केईसेई यो लाईनका सेवा पनि आंसिक बन्द रहनसक्नेछन् । यसका अलवा वायुसेवा कम्पनिहरुले सम्पूर्ण घरेलु उडानहरु रद्द गरिसकेका छन् । त्यस्तै अधिकांस राजमार्गहरु पनि बन्द रहनेबताईएको छ ।

images
प्रकाशित मिति :आश्विन २४, २०७६ शुक्रवार - १९:०७:३७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend