Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

प्रदेश प्रमुख परिवर्तन स्वभाविक: प्रचण्ड

प्रदेश प्रमुख परिवर्तन स्वभाविक: प्रचण्ड

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
राँझा : नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताएका छन्। प्रेस संगठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्ने बताए। 'प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ' उनले भने, 'यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन।' नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उनीहरुमाथि गरेको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, 'अन्य देशमा पनि सरकार परिवर्तनसँगै प्रदेश प्रमुख पनि फेरिने प्रचलन छ, सरकारले प्रदेश प्रमुख परिवर्तन गर्नु स्वभाविक हो।' पछिल्लो समय आफू जनताका कुरा सिंहदरबार पुर्‍याउने अभियानमा लागेको उल्लेख गर्दै उनले आगामी मंसिर महिनामा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारको जित सुनिश्चित भएको जिकिर पनि गरे। 'उपनिर्वाचनको तयारी भएको छ, हामीले सर्वसम्मतरूपमा उम्मेदवार टुङ्गो लगाइसकेका छौँ' अध्यक्ष दाहालले भने, 'उम्मेदवारलाई जिताउन पार्टी र जनसंगठनका सबै तह र तप्का खटिएका छन्, हाम्रो जित सुनिश्चित छ।' नेकपा बाँके जिल्ला शाखाले आयोजना गरेको तिहार, छट, महरमलगायत पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुन प्रचण्ड नेपालगञ्ज आएका हुन्।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १०:४५:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend