Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाघको आक्रमणबाट हात्ती माउत्तेको मृत्यु

बाघको आक्रमणबाट हात्ती माउत्तेको मृत्यु

सतीश चापागाईं

१९, कार्तिक २०७६
images
  राजापुर । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो । निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताउनुभयो । थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत हुनुहुन्थ्यो । हात्ती लिएर जङ्गल पस्नुभएका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने क्रममा एक्कासि बाघले आक्रमण गरेर सय मिटर पर लगेको थियो । निकुञ्जको हात्तीसहितको टोलीले हल्लाखल्ला गर्दै थारुको खोजी गरेपछि बाघ भागेको थियो ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७६ मंगलवार - १५:१९:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend