Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नयाँ गीत आयो ‘बैनी झ्यालैमा’ (भिडियोसहित)

नयाँ गीत आयो ‘बैनी झ्यालैमा’ (भिडियोसहित)

नेप्लिज डायस्पोरा

२६, कार्तिक २०७६
images
    काठमाडौं । कलाकार सुजल बमद्धारा अभिनित म्युजिक भिडियो ‘बैनी झ्यालैमा’ सार्वजनिक भएको छ । बोल्न र सुन्न नसक्ने हुदा पनि म्यूजिक भिडियोमा अभिनय गरेर विश्व रेकर्ड राख्न सफल बहिरा कलाकार बमको यो भने दोश्रो भिडियो हो । उनले अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘झिमझिम परेली’ ले बमलाई सर्वाधिक चर्चामा पुर्याएको मात्र थिएन बिश्व किर्तिमान समेत राख्न सफल बनाएको थियो । बोल्न र सुन्न नसक्ने १७ वर्षिया बहिरा कलाकार सुजल बमले सोही गीत मर्फत विश्व रेकर्ड कायम राखेकी हुन । प्रकाश दुतराजको शब्द, सँगीत र स्वर तथा निर्देशन कथा रहेको गीतको भिडियोमा बहिरा कलाकार सुजल बम, श्रद्धा भुसाल, दीप सागरको अभिनय रहेको छ भने दोभाषे शिलु शर्मा रहेकी छन् । करण चैसिरले छायाँकन गरेको गीतको भिडियोमा उत्तमकुमार कार्की र सागरबाबु भट्टको सम्पादन रहेको छ । भिडियाको प्रोडक्सन म्यानेजर टेक बम हुन् । उनको दोश्रो म्युजिक भिडियो पनि सांगितीक बजारमा चर्चाको शिखरमा रहेको छ । अन्तराष्ट्रिय फेशन तथा रियालिटि सोमा सहभागिता जनाउने र कलाकारीता क्षेत्रमै आफ्नो भविष्य बनाउने छोरी सुजलको सपना रहेको उनका बुबा टेक बमले बताए । भिडियो हेर्नुहोस   https://youtu.be/nzSCjjhNki4

images
प्रकाशित मिति :कार्तिक २६, २०७६ मंगलवार - ०६:१८:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend