Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

'आर्गनिक माया' लिएर कोरियाबाट आए भिम थापा मगर [ भिडियो ]

'आर्गनिक माया' लिएर कोरियाबाट आए भिम थापा मगर [ भिडियो ]

नेप्लिज डायस्पोरा

३०, कार्तिक २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस् चर्चित इन्डियन डान्स रियालिटी शो ‘डान्स प्लस’ का फष्टरनरअप सुजन मार्पा तामाङ र वुगी वुगीकी विजेता कविता नेपालीको अभिनय रहेको नयाँ भिडियो 'आर्गनिक माया' सार्वजनिक भएको छ । डी पी खनालको शब्द ,धनु ज्ञाङ्मी मगरको संगीत र वैदेशिक रोजगारका लागी दक्षिण कोरीयामा रहेका गायक भिम थापा मगरको स्वर रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सुजन मार्पा तामाङको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्समा बनेको भिडियो सुजन मार्पा तामाङकै कोरियोग्राफी छ | प्रकाश खतिवडाको छायाँकन रहेको भिडियोमा एकान्त मगरको सम्पादन एबम निर्देशन रहेको छ । यस अघि माया पिरतीका धेरै गीतहरुमा आफ्नो मिठासपूर्ण स्वर दिइसकेका स्वरका धनी गायक भिम थापा मगरको 'आर्गनिक माया' मा “खाटी छ यो मनमा प्रेम मिसावट छैन, टिकाउ छ माया मेरो देखावटी हैन'' भन्ने जस्ता शब्दले भरिपुर्ण गरिएको छ। जसलाई पछिलो समयका लोकप्रिय गीतकार डी पी खनालले लेखेका हुन । गायक भिम थापा मगर भोजपुरमा जन्म लिई हाल वैदेशिक रोजगारका लागि दक्षिण कोरीयामा पसिना बगाउँदै गीत संगितमा रमाइरहेका छन भने उनले आजका युवा पुस्ता धेरै जसो रोमान्टिक डान्समा कम्मर भाची-भाची नचाउने खालको गीत मन पराउने भएकाले 'आर्गनिक माया' लाइ युवा पुस्ताहरुले मन पराउने विश्वास ब्यक्त गरे।

images
प्रकाशित मिति :कार्तिक ३०, २०७६ शनिवार - २०:२३:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend