Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

राप्रपा अध्यक्ष कमल थापा अमेरिकामा ब्यस्त

राप्रपा अध्यक्ष कमल थापा अमेरिकामा ब्यस्त

नेप्लिज डायस्पोरा

५, मंसिर २०७६
images
  विविध कार्यक्रममा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा केहि दिनदेखि अमेरिकामा छन्। विगत केही दिनदेखि अमेरिका भ्रमणमा रहेका राप्रपा अध्यक्ष कमल थापा यहाँको विभिन्न शहरमा आयोजना गरिएको विविध कार्यक्रममा सहभागी हुँदैछन् । अध्यक्ष थापाबाट डिसेम्बर १ मा पार्टीको प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन समारोहको उदघाटन र सम्बोधन गर्नुहुने भएको छ । अमेरिकामा रहेर पार्टीको संगठनमा सक्रिय नेपालीहरुको संस्था प्रवासी नेपाली एकता समाजको बाल्टिमोरमा तेस्रो अधिवेशन हुँदैछ । यसैगरी अध्यक्ष थापा डिसेम्बर २ मा टेक्सासको ड्यालसमा आयोजना गरिएको नेपाली समुदायलाई सम्बोधन र अन्तरक्रियामा सहभागी हुनुहुनेछ । अध्यक्ष थापा डिसेम्बर ४ र ५ मा वासिङ्टनमा हुने अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको राजनीतिक सम्मेलनमा सहभागीता जनाउँदै महत्त्वपूर्ण सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष कमल थापाले सम्मेलनमा पार्टीको प्रतिनिधि मण्डलको नेतृत्व गर्नुहुने र सो कार्यक्रममा पार्टीका सहायक महामन्त्री एवं प्रवास संघका प्रमुख प्रेमकुमार श्रेष्ठ र प्रवासी नेपाली एकता समाज अमेरिकाका अध्यक्ष लोकनाथ तिवारीले सहभागीता जनाउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

images
प्रकाशित मिति :मंसिर ५, २०७६ बिहिवार - १९:०४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend