Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कालापानी लिपुलेक नेपालको हो - एनआरएनए

कालापानी लिपुलेक नेपालको हो - एनआरएनए

नेप्लिज डायस्पोरा

७, मंसिर २०७६
images
काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि आपत्ति जनाएको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले विज्ञप्ति जारी गरी यस विषयले संघको गम्भीर ध्यानाकर्षण भएको भन्दै भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएको बताएका छन् । उनले दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु कूटनीतिक माध्यमबाट ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट नेपालको भूभागसमेत भागेर नक्सा सार्वजनिक गर्ने भारतको कदमको भत्सर्ना गर्दछौँ भनेका छन् । मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनुपर्ने भन्दै संघले अन्तर्राष्ट्रिय सीमाना रक्षाको लागि गैरआवासीय नेपालीहरु साथमा रहेको बताएका छन् । यस्तो छ बिज्ञप्ती प्रेस विज्ञप्ति : भारतले जारी गरेको गलत नक्सा सम्बन्धमा भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको छ । भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका नेपालीहरु क्षुब्द भएका छन् । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरु, कूटनीतिक माध्यमबाट वार्ताद्वारा दुवै पक्षाको सहमतिमा ऐतिहासिक दस्तावेज एवं प्रमाणका आधारमा टुङ्ग्याउनुको सट्टा एकपक्षीय ढंगबाट चालिएको कदमको भत्सर्ना गर्दछौँ ।
मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार, आम नेपाली नागरिक एवं विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्छ भन्ने हाम्रो मान्यता हो । तसर्थ, अन्तर्राष्ट्रिय सिमाना रक्षाको लागि नेपाल सरकारको साथमा उभिन हामी सम्पूर्ण विदेशमा रहेका नेपालीहरु प्रतिबद्ध छौं । कुमार पन्त, अध्यक्ष ८, नोभेम्बर,२०१९

images
प्रकाशित मिति :मंसिर ७, २०७६ शनिवार - २०:४०:४५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend