Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

ग्रामी अवार्डको मनोनयनमा नेपाली संलग्न 'देवा’

ग्रामी अवार्डको मनोनयनमा नेपाली संलग्न 'देवा’

नेप्लिज डायस्पोरा

८, मंसिर २०७६
images
  नेपाली बाँसुरीवादक मनोज सिंह संलग्न एल्बम ‘देवा’ २०२० को ग्रामी अवार्डको मनोनयनमा परेको छ । आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२ औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्ट्रुमेन्टल म्युजिक अन्तर्गत बेस्ट न्यु एज एल्बम विधामा मनोनयनमा परेको हो । संगीतको गरिमामय अन्तर्राष्ट्रिय अवार्ड मानिने ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलो पटक प्रवेश पाएको हो । मनोनयनको मुख्य जस भने जर्मन गायिका देवा प्रेमलको एल्बम ‘देवा’ लाई जानेछ । नेपाली रक ब्यान्ड २०७४ एडीका पूर्वसदस्य सिंह पछिल्लो समय अमेरिका बसेर गायिका प्रेमल र उनका पति मिटेनसँग सांगीतिक सहकार्य गर्दै आइरहेका छन् । बौद्ध र हिन्दु मन्त्रमा आधारित यो एल्बमका लागि सिंहले बाँसुरी बजाएका छन् । ७ वटा गीत समेटिएको एल्बममा स्लो योगा शैलीको अध्यात्मिक संगीत र गायन समेटिएका छन् । मेडिटेटिभ र स्पिरिचुअल संगीतका लागि चिनिएकी गायिका प्रेमलले एल्बम ‘देवा’ गायत्री मन्त्रको सत चक्रबाट सुरु गरेकी छन् । यसपछि उनको एल्बममा ‘सर्व मंगला...’, ‘प्रभुजी...’, ‘बुद्धम् शरणम्...’, ‘महामन्त्र...’, ‘वक्रतुण्ड महाकाय...’ सुन्न सकिन्छ । एल्बमको अन्तिममा पनि गायत्री मन्त्रकै सात चक्रको मिक्स भर्सन सुन्न सकिन्छ । सुन्दै गर्दा आत्मिक आनन्द मिल्ने यी मन्त्र गायनमा सिंहले गरेको बाँसुरीवादन पनि उत्तिकै गहिरो लाग्छ । काठमाडौं बौद्धमा हुर्की बढेका सिंह आठ वर्षको उमेरदेखि नै बाँसुरीतिर तानिएका थिए । नेपाली रक ब्यान्ड २०७४ एडीसित आबद्ध रहँदा उनले कवि शिरोमणि लेखनाथ पौड्यालको चर्चित कविता ‘पिँजडाको सुगा...’ देखि ‘सम्झी बस्छु म...’ लगायतका गीतसम्म बाँसुरी बजाएका थिए । हाल अमेरिकाको सान फ्रान्सिस्कोमा बस्दै आएका उनले आफ्नो फेसबुक पेजमार्फत भनेका छन्– ‘हामी ग्रामीका लागि नोमिनेट भयौं भन्ने देवाबाट थाहा पाउँदा निकै खुसी लाग्यो । यो सबैका लागि सुखद समाचार हो ।’ यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :मंसिर ८, २०७६ आइतवार - २२:४२:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend