Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

बृक्षारोपण गर्न अमेरिका आएका मोहन थापा यतै बसे

बृक्षारोपण गर्न अमेरिका आएका मोहन थापा यतै बसे

नेप्लिज डायस्पोरा

१४, पौष २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोला । मोहन थापा नब्बेको दशकमा अमेरिका आएका ब्यक्ती हुन । नेपालमा म्याग्दी जिल्लाको एउटा सामान्य गाउँमा जन्मिएका मोहन गाउँकै बिद्यालयमा शिक्षक पनि भए । तर रमाइलो कुरा बिद्यालयमा पढाउने मोहनलाई गाउँकै हाट बजारमा लडाई गर्दै गरेको भेटिन्थ्यो भने घरमा अभिभावकहरुले बाँधेर सिस्नोपानी पनि लगाउँथे । परिवारले भाईलाई विदेश पठाउन तयार भयो तर मोहनलाई काठमाडौँ जान पनि विश्वास गरेन । मोहनले "म अमेरिका जान्छु" भन्दा गाउँलेहरु हाँस्थे रे ! उनै थापा सरकारी कोटामा अमेरिका आए । अमेरिकामा मोहनले गरेको संघर्ष आफैमा घतलाग्दो कथा हो । कति त पत्याउनै नसकिने खालको छ । यहाँ पनि उनका अनेक आरोह अवरोह छन । उनी ब्यबसायी बने, सफलता र असफलता दुवै भोगे । बाल्टिमोरको बाना नामक सामाजिक संस्थाको संस्थापक अध्यक्ष पनि भए र एआरएनएको आईसिसि सदस्यसम्म बने । ब्यबसाय र सेवामा लाग्दा उनी अमेरिकामा पटक पटक जेल पनि गए । संघर्ष मोहन थापाको जीवनको अर्को नाम हो । मोहन थापाको जिन्दगीका यिनै उतार चढाव र आरोह अवरोहलाइ लयबद्ध गर्ने जमर्को गरेका छौं ।कार्यक्रम 'जोग र संजोग' मा । यो भिडियो कथा हेर्नुहोला, कमेन्ट र शेयर पनि गर्नुहोला । हाम्रो यु ट्युब च्यानल सब्स्क्राईब पनि गर्नुहोला ।

images
प्रकाशित मिति :पौष १४, २०७६ सोमवार - १२:०८:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend