Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बराङ्गदीमा जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम सम्पन्न

बराङ्गदीमा जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१०, माघ २०७६
images
  पाल्पा, बगनासकाली -८ बराङ्गदीमा जेष्ठ नागरिक तथा असल बुहारी सम्मान कार्यक्रम २०७६ माघ १० गते सम्पन्न भएको छ । जेष्ठ नागरिक समन्वय समितिका अध्यक्ष श्री यज्ञ प्रसाद घिमिरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बगनासकाली गा.पा. अध्यक्ष श्री कृष्ण प्रसाद बश्याल प्रमुख अतिथी हुनुहुन्थ्यो । वडा अध्यक्ष श्री गणेश प्रसाद बश्याल, नेपाल कम्युनिष्ट पार्टीका प्रतिनिधि श्री यज्ञ प्रसाद बश्याल, नेपाली काँग्रेसका जगदीश बश्याल, भूपू बराङ्गदी गाविस अध्यक्ष ओम प्रकाश घिमिरे, अतिरिक्त हुलाक प्रतिनिधि कालीदास घिमिरे, पत्रकार दयाराज न्यौपाने, लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको सो कार्यक्रममा ओम प्रकाश घिमिरेले स्वागत, जेष्ठ नागिरकहरूका तर्फबाट टिकाराम घिमिरे, जनक प्रसाद बश्याल तथा असल बुहारीका तर्फबाट सीता बश्यालले शुभकामना मन्तव्य दिनु भएको थियो । बराङ्गदी भित्रका कुल १२ जना जेष्ठ नागरिक तथा ४ जना असल बुहारीलाई नगद, जिन्सी तथा सम्मान पत्रले सम्मान गरिएको सो कार्यक्रमको सञ्चालन वडा सचिव श्री नारायण प्रसाद आचार्यले गर्नु भएको थियो । कार्यक्रममै खर्च सार्वजनिक गरिएकोमा वडा सचिव नारायण आचार्यको प्रशंसा गर्दै प्रमुख अतिथी कृष्ण बश्यालले -"हामीले झुटा कुराको आश्वासन दिँदैनौं । जे बोलियो त्यो कुरा आफ्नो कार्यकालमा गरेरै छाड्ने प्रतिबद्धता गर्दछौं । अहिले देशमा जेष्ठ नागरिकहरूप्रति निकै सकारात्मक कामहरू भईरहेको छ त्यसमा हामीले थप उत्साहजनक कार्यक्रम बनाउँदै जानेछौं । वृद्ध नागरिकको आशिषले यहाँसम्म आईएको हुँदा वहाँहरूको चित्त कहिल्यै दुख्न दिईने छै‌न ।" भन्नुभयो ।

images
प्रकाशित मिति :माघ १०, २०७६ शुक्रवार - २०:५४:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend