Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमृत रामदामको पन्चे बाजाको गीत "आउन मायालु" सार्बजनिक (भिडियो सहित)

अमृत रामदामको पन्चे बाजाको गीत "आउन मायालु" सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

२०, माघ २०७६
images
अमेरिकाको मेरिल्याण्डबा बस्दै आएका लोक गायक अमृत रामदामले नया लोक दोहोरी गीत 'आउन मायालु' सार्बजनिक गरेका छन् । पन्चे बाजाको यो गीतमा अमृत रामदाम र कमला पोखरेलको स्वर रहेको छ । प्रल्हाद सुबेदीको शब्दमा सुन्दर हमालको संगीत रहेको छ । यो गीतको एरेन्जर आशिष अविरल हुन् । धेरै समयपछी पन्चे बाजाको एउटा रमाइलो गीत नेपाली लोक दोहोरीको क्षेत्रमा सार्बजनिक भएको श्रस्टाहरुको भनाइ छ । चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन रहेको गीतमा राजेश घिमिरे र पशुपति बस्यालको छायांकन, बिष्णु शर्माको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा मुख्य अभिनयको रुपमा लोमस शर्मा र जुना गुरुङ रहेका छन् भने बेहुला बेहुलीको रुपमा रमेश सुनार र मञ्जु सुनारको अभिनय रहेको छ । सो मौलिक पञ्चेबाजा गीत “आउन मायालु” गायक अमृत रामदामकै जन्म स्थान म्याग्दी जिल्लाको पुलाचौरमा गएर छायांकन गरिएको हो । कस्तो छ त गीत हेर्नुहोस् भिडियो । भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला । भिडियो हेर्नुहोस https://youtu.be/xuZFmA52Ecc

images
प्रकाशित मिति :माघ २०, २०७६ सोमवार - २१:४६:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend