Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकी जनगणनामा नेपाली नछुटुन भनेर मेरिल्याण्डमा कार्यदल गठन

अमेरिकी जनगणनामा नेपाली नछुटुन भनेर मेरिल्याण्डमा कार्यदल गठन

नेप्लिज डायस्पोरा

२१, माघ २०७६
images
एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरले अमेरिकी जनगणनामा नेपालीहरु कोहि नछुटुन भनेर मेरिल्याण्डमा एक समिति गठन गरेकोछ ।मेरिल्याण्ड राज्यभर कार्यरत बिभिन्न संस्थाहरुलाई समेटेर यो कार्यदल गठन गरेको एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका सचिव बिष्णु बरालले नेप्लिज डायस्पोरालाई बताए । च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेको संयोजकत्वमा गठित समितिमा मेरिल्याण्डका सामाजिक संस्था र ब्यक्तिहरुलाई समेटिएको छ । समितिमा कोको छन? च्याप्टरका सचिव बिष्णु बरालद्वारा जारी यो बिज्ञप्ति हेरौं: अमेरिकाको संविधानको भाग १ खण्ड २ मा प्रत्येक दश वर्षमा जनगणना गर्नुपर्ने प्रावधान अनुसार यही अप्रिल २०२०मा जनगणना हुदै छ।त्यसैले हामी नेपालीहरुको सहि तरीकाले जनगणना फर्म भरेमा पहिचान सहित तथ्याकं हासिल गर्न सहयोग पुग्दछ। यो हाम्रो अधिकार र कर्तव्य पनि हो। त्यसैले अमेरिकी नेपाली समुदायमा कार्यरत नेपाली संघसंस्थाहरु जुटेर सवै नेपालीहरुलाई जनगणनामा भाग लिन अभिप्रेरित गर्ने उद्देश्यका साथ गैर आवासीय नेपाली संघ अमेरिकाको मेरिल्याण्ड च्याप्टरको संयोजनमा यस प्रकारको कमिटी गठन गरिएको छ। संयोजक श्री डोलनाथ घिमीरे MD Chapter President (NRNA NCC USA MD Chapter) सदस्यहरु 1. श्री इन्द्र थापा     अध्यक्ष म्याग्दी समाज 2. श्री आनन्दकृष्ण घिमिरे अध्यक्ष चितवन समाज 3. श्री धन गुरूगं    अध्यक्ष पर्वत समाज 4. श्री पल रेग्मी     अध्यक्ष तनहुँ समाज 5. श्री राजेन्द्र सेन्चुरी    सभापति ने.ज.स. स मेरिल्याण्ड 6. श्री श्रीजन ताम्राकार  अध्यक्ष INAS 7. श्री नारायण कडेल    अध्यक्ष, TEC group 8. श्री पूर्ण बराली   महासचिव , NASHO community 9. श्री प्रेम कुमार श्रेष्ठ    सल्लाहकार,   NRNA NC USA MD Chapter 10. श्री शालीक वाग्ले   सल्लाहकार,   NRNA NCC USA MD Chapter 11. श्री राजु पराजुली    उपाध्यक्ष, NRNA NCC USA MD Chapter 12.  श्री बिष्णु बराल     सचिव, NRNA NCC USA MD Chapter 13. श्री रमेश भट्ट         संयोजक, साथी बाल्टीमोर 14.  श्री महेश भट्टराई.   Social Activist 15.  श्री ज्योति रानाभाट    Social Activist 16. श्री जगन्नाथ कोईराला   Social Activist 17. श्री दिपेन्द्र पोखरेल    Social Activist 18.  श्री रामचन्द्र अधिकारी   Social Activist 19.  श्री शशि थापा       अध्यक्ष, लमजुगं समाज 20.  श्री बावुराम ढकाल    Social Activist 21.  श्री बिष्णु घिमीरे    Social Activist

images
प्रकाशित मिति :माघ २१, २०७६ मंगलवार - १०:३२:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend