Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसंग न्युयोर्कमा भब्य अन्तरकृयाको तयारी

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसंग न्युयोर्कमा भब्य अन्तरकृयाको तयारी

सतीश चापागाईं

११, भाद्र २०७५
images
पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल न्युयोर्क आउनुहुने भएको छ । आउने सेप्टम्बर २ तारिख आइतबारको दिन दिउसो ४ बजे न्युयोर्कमा नेपालसँग अन्तरकृयाको कार्यक्रम रखिएको आयोजकले जनाएका छन् ।   न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको हलमा हुने अन्तरकृया कार्यक्रम प्रवासी नेपाली मञ्चले आयोजना गर्न लागेको हो । नेपालको समसामयिक राजनीतिबारे गरिने अन्तरकृया कार्यक्रममा उपस्थित भईदिनका लागि प्रवासी नेपाली मञ्चका महासचिव राधाकृष्ण देउजाले सबैलाई अनुरोध गर्नुभएको छ ।   मंचका महासचिव देउजाले यो अन्तरक्रियामा नेपालका समसायिक राजनीतिका बारेमा छलफल हुने पनि नेप्लिज डायस्पोरालाई बताउनु भयो ।   तीनदिने अमेरिकाभ्रमणमा आउन लाग्नुभएका पूर्वप्रधानमन्त्री नेपालले न्युयोर्क आउनुअगाडि शिकागोमा हुने एन्मा, नासा र एनएनएको संयुक्त सम्मेलनमा भाग लिनुहुनेछ । त्यसलगत्तै उहाँ न्युयोर्क आउनुहुने कार्यक्रम रहेको छ ।     अगस्त ३१ देखि शिकागोमा हुने नेपाली नेशनल कन्भेन्सनमा उहाँले प्रमुख अतिथिका रुपमा सहभागी हुने र उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १३:२२:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend