Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्युयोर्कमा सन्दुक रुइतले दिए प्रेरणात्मक प्रवचन

न्युयोर्कमा सन्दुक रुइतले दिए प्रेरणात्मक प्रवचन

नेप्लिज डायस्पोरा

११, फाल्गुण २०७६
images
भ्वाइस अफ युथको आयोजनामा न्युर्योकमा सम्पन्न भएको एक कार्यक्रममा दृष्टिविहीनहरुका ‘दृष्टिदाता’ वरिष्ठ आँखा चिकित्शक तथा सर्जन कर्मवीर सन्दुक रुइतले प्रेरणात्मक प्रवचन दिएका छन् । तन्नेरी युवाहरुद्धारा भव्य, सुव्यवस्थित रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा डा. रुइतले आफूलाई दृष्टिदाता भगवानको रुपमा मानिए पनि ती वेकारको कुरा रहेको बताउँदै दृष्टिविहीनहरुका लागि आफूले पवित्र कर्म गरिरहेको बताएका थिए । भाषण, मन्चाशन, आशन ग्रहण वा खादा ओढाउने लगायतका कार्यक्रमहरु भन्दा भिन्नै रहेको उक्त कार्यक्रमका ४०० सिट क्षमताको हल खचाखच रहेको थियो भने युवा समुहका छिरीङ लामाले उद्घोषण गरेका थिए । सो अवसरमा डा रुइतले सत्कर्म, सद्भाव, र समभावबारे सरल, स्पष्ट र अर्थपूर्ण प्रवचन दिएका थिए । उनले Success doesn’t come in shortcut अर्थात छोटकरीमा सफलता हाँसिल हुँदैन भन्ने सन्देश सम्प्रेषण गरे । अझ त्यस कार्यक्रमको culmination चाहीँ प्रश्न(उतर सेशन थियो, जहाँ डा। रुइट बढी खुले । त्यो जिउँदो छलफल सबै श्रोताले रुचाए । । नेपालमा नेपालीहरुले डा रुइतको सत्कर्मको नेपाली पाराले नै चर्चा परिचर्चा गरेको पाइन्छ । एकजना बिदेशी पत्रकार लेखक David Oliver Relin ले डा रुइत र उनको सहकर्मी डाक्टर Geoffrey Tabin को कर्मिक जीवनको बारेमा Second Suns नामक एउटा सत्य कथामा आधारित किताब नै लेखेका छन्। बहुचर्चित किताब Three Cups of Tea का सहलेखक पनि हुन्( च्भष्लि । हालसालै, अष्ट्रेलियाली पत्रकार अली ग्रिपरले कर्मबिर डा रुइत बारे The Barefoot Surgeon नामक किताब प्रकाशित गरेकी छिन् । यो किताबलाई नेपालीमा खगेन्द्र संग्रौलाले अनुवाद गर्नु भएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण ११, २०७६ आइतवार - ०९:४०:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend