Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए अमेरिकाको सहयोगमा सल्यानको कुमाख गाउँमा प्रसुति गृह बन्ने

एनआरएनए अमेरिकाको सहयोगमा सल्यानको कुमाख गाउँमा प्रसुति गृह बन्ने

नेप्लिज डायस्पोरा

१८, फाल्गुण २०७६
images
  एनआरएनए अमेरिकाले नेपालको सल्यान जिल्लाको विकट कुमाख गाउँपालिका वडा नम्बर १ को टाट्केमा एउटा प्रसुति गृहको स्थापना गर्ने कामको शुभारम्भ गरेको छ । एनआरएनए, अमेरिकाका उपाध्यक्ष कृष्णजीवि पन्थले हालै एक बिशेष समारोहका बीच प्रसुति गृहको निर्माणका लागि कुमाख गाँउपालिका, एनआरएन अमेरिका र मानव बिकास तथा सामुदायिक सेवाबीच त्रिपक्षीय सम्झौता गरेर यो कार्यको शुरु गर्नुभएको हो । गैर आवाशीय नेपाली संघले पारित गरेको 'एक एनसीसी-एक च्यारिटी परियोजना' कार्यक्रम अन्तर्गत अमेरिकाको एनसिसिले यो परियोजना शुरु गरेको हो । सो अवसरमा कुमाख गाँउपालिकाकी अध्यक्ष दिलमाया बुढामगर गिरी, मानब बिकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक कपिल शर्मा, डा। कालेब बुढा, बरिष्ठ इन्जीनियर सुरज दाहल लगायत स्वास्थ्यकर्मी एबं स्थानीय बासिन्दाहरुले प्रसुति गृहको स्थापना गर्न एनआरएनए अमेरिकाले शुरु गरेको भूमिकाप्रति खुशी ब्यक्त गर्नुभएको थियो । सम्झौतामा भवन निर्माण गर्नको लागी जग्गा, आवश्यक पर्ने स्वास्थ्यकर्मी एबं स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपकरण गाउँपालीकाले उपलब्ध गराउने , एनआरएनए अमेरिकाले ४ कोठे भवनको निर्माण गर्ने र उक्त परियोजनाको सम्पूर्ण ब्यवस्थापन मानव बिकास तथा सामुदायिक सेवाले गर्ने उल्लेख गरिएको छ । सल्यानको दुर्गम गाउँ जहाँ एउटा प्रसूति गृह स्थापना गर्दा सयौं आमाहरूले आफ्ना सन्तानलाई सुरक्षित जन्माउन सक्नेछन भन्ने उद्देश्यकासाथ एनआरएनए अमेरिकाद्वारा उक्त परियोजनाको परिकल्पना गरिएको पन्थले बताउनु भयो । "कुमाख गाँउपालीका १ को डाँडागाउ, भितिवनचौर, नुवागाउ, साधनमुढा, भितिवन आसपासका स्थानका गर्भवती आमाहरूको पिडामा केहि भएपनि मलहम लगाउने हाम्रो प्रयास हो। यस महान अभियानमा सल्लाह, सुझाव तथा सहयोग गरिदिनुहुनको लागी सबै गैर आवासीय नेपालीहरुलाई हार्दिक अपील गर्दछु ।" उपाध्यक्ष पन्थले नेप्लिज डायस्पोरा मार्फत सार्बजनिक आव्हान गर्नुभएको छ ।      

images
प्रकाशित मिति :फाल्गुण १८, २०७६ आइतवार - १६:४६:३० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend