Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

मोडेल आँचल शर्माले बिहे गरिन

मोडेल आँचल शर्माले बिहे गरिन

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७६
images
एजेन्सी । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री आँचल शर्माले विवाह गरेकी छिन् । चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट अभिनेत्रीको रुपमा भित्रिएकी आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो । अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् । गएको फागुन १३ गते आँचल र उदिपले टिकाटालो गरेका थिए । बिहीवार अग्नीलाई साक्षी राखेर सँगै बाँच्ने सँगै मर्ने कसम आएका उनीहरुले चैत १ गते रिसेप्सन पार्टी दिँदैछन् । रिसेप्सन पार्टीमा उपस्थितिका लागि यी दुईले फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुलाई निमन्त्रणा कार्ड पठाएका छन् । विवाहभन्दा अगाडि आँचल र उदिपले संगीत र मेहेन्दीको कार्यक्रम समेत राखेका थिए ।     गीतकार सतिश चापागाईंका मनछुने गीतहरु https://youtu.be/enSHw4h0vKU https://youtu.be/-nOYsZW0UEg      

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - ११:४१:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend