Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

हजार जुनीसम्म अब भारतीय शहरमा

हजार जुनीसम्म अब भारतीय शहरमा

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७६
images
गत साउनमा नेपालमा रिलिज भएको फिल्म हजार जुनीसम्म अब भारतमा रिलिज हुने भएको छ। विकासराज आचार्यद्वारा निर्देशित लभस्टोरी फिल्म हजार जुनीसम्म भोलि शुक्रबारबाट सिलीगुढीको इनोक्स सिटी सेन्टर, इनोक्स भेजा मल, कार्निभलमा प्रदर्शन हुँदै छ। यसै गरी दार्जिलिङको इनोक्स रिङ्क मल, कुर्सियोको फान्टासिया, कालिम्पुङको ड्रिम थिएटर, सिक्किमको ड्रिम थिएटर, गान्तोकको डेन्जोङ हल र नाम्चीको इपेरियल टाकिजमालगायतका हलमा रिलिज हुने भएको छ। फिल्म प्रदर्शनलाई लक्षित गरेर सोमबार कालिम्पुङमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण टिमले फिल्म दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलीगुढीमा रहेका सम्पूर्ण हलमा प्रदर्शन हुने जानकारी गरायो। पत्रकार सम्मेलनमा अभिनेताद्वय आर्यन सिग्देल र अखिलेष प्रधानका साथमा निर्माता अरुण रेग्मी र भारत प्रदर्शन अधिकार लिएको ड्रिम थिएटर मोसन पिक्चरकी मार्केटिङ हेड सुष्मा राई उपस्थित थिए। मोसन पिक्चरकी सुष्माले सिक्किमको प्राकृतिक सुन्दरता कैद गरिएकाले सिक्किमका दर्शकलाई विशेष गरी फिल्म हेर्न आग्रहसमेत गरिन्। आर्यनले पनि फिल्म परिवारले सँगै बसेर हेर्न मिल्ने रहेको बताए। ‘हामीलाई केही समय लाग्यो किनकि केही प्रावधान थिए तर अब हामी नेपाली फिल्म रेगुलर यहाँ चलाउने सोचमा छौं। मेरो मात्र नभई राम्रा नेपाली फिल्मलाई यो बजारमा ल्याउनेछु।’ –अरुणले भने। उनले अन्य बाँकी स्टेसनमा पनि फिल्म छिट्टै रिलिज गरिने बताए। फिल्ममा स्वस्तिमा खड्का, अनुभव रेग्मी, सलोन बस्नेत, सञ्चिता लुइँटेल, शिवहरि पौडेललगायतका कलाकारले पनि अभिनय गरेका छन्। पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन्। कविता रेग्मी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा विशाल चाम्लिङ छन्। गीतकार सतिश चापागाईंका मनछुने गीतहरु https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - १३:३१:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend