Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्युहेम्पशायरमा नेपाली फिल्म प्रदर्शन

न्युहेम्पशायरमा नेपाली फिल्म प्रदर्शन

नेप्लिज डायस्पोरा

२९, फाल्गुण २०७६
images
-सुरेश चाम्लिङ्ग जनजाती महासंघ नेपाल इन अमेरिका (फिपना )न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले न्युहेम्पशायर हुक्सेट स्थित हुक्सेट लाइब्रेरीमा हालै किरात राईहरुको संस्कृती र परम्परामा आधारीत फिल्म "रिसिम " प्रदर्शन गरेको छ | बिभिन्न जात जाती हरुको भाषा संस्कार संस्कृतीलाई विदेशमा बस्ने नेपाली र स्थानीयहरु बीच उजागर गर्ने, फिल्मको प्रोमोसन र फण्ड संकलन गर्ने उदेश्यले फिपनाले वर्षेनी यस्तो प्रदर्शनी गर्दै आई रहेको फिपना लोकल च्याप्टर अध्यक्ष सुन्दरी गुरुङले बताउनु भयो | उहाले जनजाती महासंघ नेपाल (नेफिन )ले नेपालमा छनौट गरेको जनजातीको संस्कृती झल्कने फिल्म हरुलाई अमेरिकामा देखाइने गरेको कुरा बताउनु भयो| संस्थाका महासचिव बिकाश गुरुङले गत साल नेपाली र अंग्रेजी सब टाइटल भएको गुरुङ भाषाको फिल्म (क्यु प्य्हो छे) "भेडी गोठालो" देखाइएको थियो भने यस पटक राई समुदायको संस्कृतीलाई प्रतिनिधित्व गर्ने अंग्रेजी सब टाइटल भएको रिसिम फिल्म छनौटमा परेको कुरा बताउनु भयो| यो कार्यलाई आगामी दिनहरु पनी निरन्तरता दिइने कुरा बताउनु भयो | युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका न्यु इंग्ल्याण्ड लोकल च्याप्टरका सभापती मुक्ति नारायण राई र न्यु योर्क निवासी लीला राईको बिशेष पहलमा उक्त फिल्मको ब्याबस्थापन गरिएको थियो| (फिपना )न्यु इंग्ल्याण्ड लोकल च्याप्टरले उहाहरुलाई बिशेस धन्यवाद ज्ञापन गरेको छ | निर्देशक सरिना गुरुङ र प्रोड्युसर टिका बाहादुर,गोल्डेन राई र उर्मिला राई भएको दिल कुमारी राईको " रिसिम" निकै पुरानो फिल्म भएता पनि किरात राई परम्परा र संस्कृतीलाई जोडदार रुपमा प्रस्तुति गरिएको छ | उक्त फिल्म प्रदर्शनी कार्यक्रममा एन आर एन अमेरीकाका पुर्व अध्यक्ष शिब कुमार राई,न्यु हेम्प्शायर नेपाली समाजका अध्यक्ष सोम गुरुङ,फिपना न्युहेम्प्शायरका पुर्व सभापती लोक लामा गोले,लगाएतका व्यक्तित्व हरुको उपस्थीती रहेको थियो |

images
प्रकाशित मिति :फाल्गुण २९, २०७६ बिहिवार - २०:४४:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend