Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

अच्युत सिग्देलको गीति एल्वम 'आबृत्ति' यू ट्युवमा सार्बजनिक

अच्युत सिग्देलको गीति एल्वम 'आबृत्ति' यू ट्युवमा सार्बजनिक

नेप्लिज डायस्पोरा

२, चैत्र २०७६
images
न्यू योर्क गीतकार अच्युत सिग्देलद्वारा गीति एल्वम 'आबृत्ति' यू ट्युवमा सार्बजनिक भएको छ । माया प्रेम, विछोड, नृत्य, जस्ता फरक फरक बिधामा लेखिएका आठवाट गीत समावेश गरिएको गीति एल्वम आबृत्ति क़रीब ३८ मिनेटको छ । न्युयोर्क निवासी कवि तथा लेखक सिग्देलका छ वटा गीतहरुमा नारायण सुवेदी 'आभाष'ले संगीत भरेका छन । मेलीना राईले 'छोडि जाने मायालू', शिव परियारले 'मेरोमाया अर्कै थियो', निकिता थापाले 'अँगालोमा वेर्नु मलाई', जुनु रिजालले 'पुतली झै', सुरज कुमार थापाले 'मस्ती मस्ती' र नारायण सुवेदीले 'यो जीवनमा' स्वर भरेका छन् । लोक आधुनिक र नेपाली बाटो माटो र खोला झरनाको परिवेश बोकेका गीतहरू कर्णप्रिय छन् । दुई अतिरिक्त गीतमा चर्चित गायक सँगीतकार हरी लम्सालको सँगीत रहेको छ । 'सातौ फेरा नपुरेर' मा चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको छ भने 'टोलाएर हेरिरहेँ ओझेल पर्दासम्म' भन्ने गीत हरि लम्सालले गाएका छन् । यू ट्युवको विश्ववजार र हात हातसम्म पहुँच भएकाले गीत रिलिजमा यू ट्युव रोजिएको कुरा गीतकार सिग्देलले बताए । नारायण सुवेदीको यो जीवन, म्यूज़िक नेपाल मार्फत बजारमा आइसकेको छ । रामकृष्ण ढकालको सातौ फेरा भिडियो निर्माणको तयारीमा रहेको छ ।   सबै गीतहरु सुन्न यो तलको भिडियोमा क्लिक गर्नुहोस https://youtu.be/1zFSMB-tJ3s     गीतकार सतिश चापागाईंका मनछुने गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र २, २०७६ आइतवार - १९:१६:०५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend