कोरोनाका कारण संसार आतंकित भईरहेको सन्दर्भमा मेरिल्याण्ड राज्यले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार र ठूला जमघटलाई बन्द गर्ने घोषणा गरेको छ । गभर्नर होगनको निर्देशनमा ग्रोसरी स्टोर्स, बैंक, फार्मेसी, ग्यास स्टेशन र अन्य अत्यानाश्यक स्वेआ भने सुचारु राख्न भनिएको छ ।
यसअघि नै बिद्यालय र कलेजहरु बन्द भईसकेका छन् । मानिसहरु काममा जान पानी डराएका छन् ।
मेरिल्याण्ड गभर्नर ल्यारी होगनले सोमबार बेलुकादेखि रेष्टुरेण्ट, बार, ठूला जमघट बन्दको घोषणा गरेका हुन् । तर रेष्टुरेण्टहरुले डेलिभरी, टेकआउट र ड्राइभ थु्र अफर गर्नसक्ने जनाइएको छ ।
मेरिल्याण्ड राज्यमा पनि ५० भन्दा धेरै व्यक्ति एकठाउमा जमघट हुन प्रतिबन्ध लगाइएको छ । मनोरञ्जन र धार्मिक प्रयोजनका लागि समेत यस्तो जमघटमा प्रतिबन्ध लगाइएको छ ।
यो कार्यकारी आदेश अनिवार्य कार्यान्वयन गर्नुपर्ने गभर्नरले बताएका छन् । मेरिल्याण्डमा कोरोना संक्रमितको संख्या ३७ पुगिसकेको छ ।
५० जनाभन्दा धेरै व्यक्ति भेला हुन प्रतिबन्ध
न्युयोर्क, न्युजर्सी र कनेक्टिकटमा ५० जनाभन्दा धेरै व्यक्ति एकै स्थानमा भेला हुन प्रतिबन्ध लगाइएको छ । न्युयोर्कका गभर्नर एन्ड्रयु कुमो, न्युजर्सीका गभर्नर फिल मर्फी र कनेक्टिकटका गभर्नर नेड लामोन्टले यस्तो घोषणा गरेका हुन् ।
थप जानकारीको लागि यो
लिंकमा क्लिक गर्नुहोस