Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाल सरकारसंग मानबता हराएको आइसीसी सदस्य नबिन बिकको आक्रोस

नेपाल सरकारसंग मानबता हराएको आइसीसी सदस्य नबिन बिकको आक्रोस

नेप्लिज डायस्पोरा

२०, चैत्र २०७६
images
एनआरएन आइसीसी सदस्य नबिन बिकले सारा बेथितिका उपर टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । उनले नेपाल सरकारले सित्तैमा पाएको स्वास्थ सामग्री नलागेर देश र नेपाली जनताप्रति घात गरेको आरोप पनि लगाएका छन् । बिकले भनेका छन्, "म बोल्दिन भनेर बसेको थिए तर टुलुटुलु बेतिथी हेर्न पनि सकिन, नेपाल सरकारले सरकारी कुटनितिक च्यानल प्रयोग गरेर प्राईवेट कम्पनीले चार्टर गरेको ब्यापारीक उडानको लागी चीन सरकारसंग अनुमति लिन मिल्ने तर त्यही बिमानमा ज्याकमा फाउन्डेसनले सरकारको नाममा अनुदान दिएको २००००/- ( बिसहजार) पिसिआर टेस्टिङ किट ५० केजी जति र चाईनिज कम्युनिस्ट पार्टीले दिएको सामान सहित केही चाईनिज सहयोगी संघसंस्थाले दिएको १ टन जति मेडीकल राहत सामग्री हालेर नेपाल ल्याउन नहुनी?" उनले नेपाल सरकारसंग मानबता हराएको हो ? भनेर प्रश्न पनि तेर्स्याएका छन् । बिकले भनेका छन् -"आफ्नै जहाज चीन जादा पनि यस्तो बिपदमा देशलाई चाहिने अत्यावश्यक सामान पनि ल्याउन पहल गर्न नसक्ने कस्तो सरकार? सरकारले त्यो जहाज दिदा र परमिट मिलाउदा किन आफ्नो सामान ल्याउन पर्ने सर्त र अडान अघि सार्न सकेन?" चाईनिजहरुले सरकारकै राहत सामाग्री बोक्ने ठानेर अनुमति दिएका थिए तर आफुले अनुदान दिएका सामानहरु जहाज आउदा पनि नलिई छोडेर जादा चाईनिज सरकारले के सोच्छ होला भन्दै बिकले भनेका छन्, "ती सरकारले कुटनितिक तवरले मिलाईदिएको चाटर्ड उडानमा मेडीकल सामग्री मात्र नभई धेरै जसो ननमेडीकल सामन भएको हुदा लोड गर्न लागीएको आधा भन्दा बढी सामन चाईनिज भंसारले रोकीदिएको छ। चाईनिज समय ७ बजे तिर उड्नुपर्ने जहज अझै उडन सकेको छैन । हे सरकार कहिले काही त देश र नागरिकको लागी पनि सोच्ने गर ।"     नबिनको उक्त पोस्टलाई गरिएका कमेन्टहरु  

images
प्रकाशित मिति :चैत्र २०, २०७६ बिहिवार - १४:२२:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend