Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाको न्युयोर्कमा ४ नेपालीको निधन

अमेरिकाको न्युयोर्कमा ४ नेपालीको निधन

नेप्लिज डायस्पोरा

२३, चैत्र २०७६
images
स्वर्गीय अजयमान छोंचुँ अमेरिकाको न्यु योर्कमा सनिबार एकै दिन चार नेपालीले ज्यान गुमाएका छन् । । सनिबार तीन जनाले र केहिदिन अगाडी एक नेपालीले ज्यान गुमाएका हुन । । यसरी ज्यान गुमाउनेहरुमा समाजसेवी अजयमान छोंचुँको उपचारका क्रममा अस्पतालमा निधन भएको हो भने अन्य दुई नेपालीको घर मै । न्युयोर्क निवासी अजयमान छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको उनको परिवारले जनाएको छ । केहीदिनदेखि उनको अवस्थामा गम्भिर रहेको तर सनिबार बिहान अस्पतालका कर्मचारीहरुले अवस्था सुध्रेको भनेर श्रीमतीलाई फोन गरेका थिए । अचानक राती मुटुको धड्कन रोकिएको भन्दै जानकारी गराएको बुझिएको छ । नेवा नख न्युयोर्कले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै उनको निधन हृदयघातबाट भएको जनाएको छ । छोंचुँको निधनप्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदनमा व्यक्त गरिएको छ । केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएकोमा अर्जेन्ट केयरले अस्पतालमा जान सुझाव दिएको थियो । त्यसपछि छोंचुँलाई एल्महस्र्ट अस्पतालमा भर्ना गरिएको थियो । झण्डै दुईसाता अगाडि कोरोनाको परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो । अस्पतालले फ्युनरल होम (दाह संस्कार गृह) बुक गरेर जानकारी दिने जनाएको छ । फ्युनरल होम बुक गरिसकेपछि फ्युनेलर होमले नै अस्पतालबाट शव लगेर दाहसंस्कार गर्ने भएकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको न्युयोर्कबाट संचालित खशोखास डटकममा समाचार प्रकाशित छ । छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए । उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् । त्यसैगरी सनिबार नै न्युयोर्कमा निधन हुनेमा थोक्मे बिष्ट र सोनाम लामा रहेका तरुण दल अमेरिकाका उपाध्यक्ष तथा अहिले न्युयोर्कमा सक्रिय स्वयंसेवक अनन्त सुबेदीले नेप्लिज डायस्पोरालाई जानकारी दिनुभयो । सन्नीसाइडमा बस्दै आएको थोक्मे बिष्टको आफ्नै अपार्टमेन्टमा मृत्यु भएको हो । बिष्ट लोमान्थाङकाका रहेको जनाइएको छ । विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ । सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ । सीटीएमडीले घरमै बस्न भनेपछि बिष्ट माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् । बिष्ट ४८ बर्षका थिए । बिष्टका दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका कारण नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – "कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।" खसोखास डटकममा उल्लेख छ । बिष्टको मृत्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रिपोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र शव समुदायले दाहसंस्कार गर्ने वा अस्पतालले गर्नेभन्नेबारे टुंगो लाग्ने राजकुमार बिष्टले जनाएका छन् । उनले यो घडीमा संयम रहन सबैलाई अनुरोध गरेका छन् । यसैबीच मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो । सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ । केशवराम राईका अनुशार फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । काम गर्ने स्थानको साहुले फोन गर्दा नउठाएपछि घरमा गएर हेर्दा मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ । यता अस्पतालको भाषा नबुझेर मरेको भनिएका निमा तेम्बा शेर्पा भने जिउदै रहेको सुखद समाचार प्राप्त भएको छ । निमाका नजिक साथीभाईले अस्पतालले उनको शरीरले काम गर्न छोडेको सूचनाका आधारमा उनका लागी प्रार्थना र श्रद्दान्जली समेत लेखेर फेसबुकमा राखेका थिए । उनीहरुले स्वयं सेवक र समाचार संस्थालाई यहि जानकारी गराएका थिए । उनीहरुले आज फेसबुकमा नै गल्ति भएको भएको भन्दै जानकारी सार्बजनिक गरेका छन् ।निमा अहिले अस्पतालमा भएको जानकारी गराईएको छ । अनन्त सुबेदीका अनुसार न्यु योर्कमा अहिले धेरै नै नेपालीहरु बिरामी भएपनि अधिकाम्सले भन्न सकेका छैनन् । अस्पतालमा ८/१० जना भएपनि यहाँका ४० प्रतिशत नेपाली अहिले संक्रमित रहेको अनुमा उहाँको छ । केहीदिन अगाडिमात्र न्युयोर्कको एल्महस्र्ट अस्पतालमा कोरोना संक्रमणका कारण अनिल लिम्बुको मृत्यु भएको थियो । ५० बर्षका लिम्बुको आफन्तको उपस्थीतिविनै दाहसंस्कार गरिएको थियो ।

images
प्रकाशित मिति :चैत्र २३, २०७६ आइतवार - ०८:२९:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend