Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

ट्रम्पसँग जो बाइडेन लड्ने पक्का, बर्नी स्याण्डर्सले मैदान छाडे

ट्रम्पसँग जो बाइडेन लड्ने पक्का, बर्नी स्याण्डर्सले मैदान छाडे

नेप्लिज डायस्पोरा

२६, चैत्र २०७६
images
  अमेरिकी राष्ट्रपति चुनावका लागि बर्नी स्याण्डर्सले मैदान छाडेका छन् । डेमोक्रेटिक प्राइमरीमा जो बाइडेनसँग भिडिरहेका स्याडर्सले चुनावी मैदान छाडेको घोषणा गरेका हुन् । बर्नी स्याडर्सले चुनावी मैदान परित्याग गरेपछि जो बाइडेनलाई डोनाल्ड ट्रम्पसँग आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा भीड्नका लागि बाटो खुलेको छ । आफूहरु बाइडेनभन्दा ३ सय डेलिगेटले पछाडि रहेको र विजय सम्भव नभएको भन्दै बर्नी स्याण्डर्सले चुनावी अभियान परित्यागको घोषणा गरेका हुन् । आफूहरुले सैद्धान्तिक लडाई जीतेपनि डेमोक्रेटिक नोमिनेशनको लाडाई सफल नहुने ठहर गर्दै अभियान त्यागेको उनले बताएका छन् । यसरी हुन्छ अमेरिकामा राष्ट्रपति चुनाव अमेरिकी चुनावमा मतदान गर्न योग्य अमेरिकीहरुले इलेक्टोरल मतका लागि इलेक्टरहरु छान्नका लागि अमेरिकी इलेक्टोरल कलेजका सदस्यहरुका लागि मतदान गर्दछन् । त्यस्ता इलेक्टरहरुले पहिले नै आफूले कुन उम्मेदवारका लागि मतदान गर्ने भन्ने सार्वजनिक गरिसकेका हुन्छन् । जनताबाट छानिएका इलेक्टरहरुले राष्ट्रपति र उपराष्ट्रपतिका लागि इलेक्टोरल मतदान गर्दछन् । मतदानपछि पूर्ण बहुमतप्राप्त उम्मेदवारलाई विजेता घोषणा गरिन्छ । यदि राष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेको खण्डमा प्रतिनिधीसभाले राष्ट्रपति छान्ने र उपराष्ट्रपतिका लागि कसैले पनि पूर्ण बहुमत प्राप्त गर्न नसकेमा सिनेटले उपराष्ट्रपति छान्ने व्यवस्था रहेको छ । जम्मा ५३८ इलेक्टोरल मतमध्ये विजेता हुनका लागि कम्तीमा २७० मतको आवश्यकता पर्छ । ५० वटा राज्य र वासिंटन डिसीबाट जनसंख्याको अनुपातको आधारमा ५३८ इलेक्टोरल मतको तय गरिएको छ । धेरैजसो अमेरिकी राज्यले प्राय एउटै दलका उम्मेदवारहरुलाई जिताउने गरेपनि फ्लोरिडा, पेन्सिलभेनिया र ओहायोको महत्व भिन्न रहेको छ । यी राज्यहरुले राष्ट्रपतीय चुनावमा आफ्नो अभिमत बदल्दै आएका छन् । तीनको निर्णयले सबै चुनावी परिणाम बदल्न सक्ने भएकाले यी तीन राज्यलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । सन् २०१२ को राष्ट्रपतीय चुनावमा बराक ओबामाले ३३२ इलेक्टोरल मत प्राप्त गरेका थिए भने मिट रोम्नीले २०६ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २००८ को राष्ट्रपतीय चुनावमा भने ओबामाले ३६५ इलेक्टोरल मत प्राप्त गरेका थिए । त्यतीबेला उनका प्रतिस्पर्धी जोन म्याकनले १७३ इलेक्टोरल मत प्राप्त गरेका थिए । सन् २०१२ को चुनावसम्म आइपुग्दा ओबामाको लोकप्रियता कम भएको थियो ।

images
प्रकाशित मिति :चैत्र २६, २०७६ बुधवार - १३:५५:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend