Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोरोनाबाट निधन भएका अनिल लिम्बुको परिवारलाई सहयोग हस्तान्तरण

कोरोनाबाट निधन भएका अनिल लिम्बुको परिवारलाई सहयोग हस्तान्तरण

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७६
images
न्यूयोर्क, अमेरिका अमेरिकाको न्यूयोर्कमा गत मार्च २४ तारिख कोरोनाको संक्रमणबाट निधन भएका अनिल लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ। १६ दिन अगाडि अनिलको नाममा खोलिएको गोफण्डमी मार्फत संकलन गरिएको जम्मा एकाइस हजार सातसय छ अमेरिकन डलर मध्येमा बिस हजार नौ सय चालिस अमेरिकन डलर सहयोग मृतकको परिवारलाई हस्तान्तरण गरेको छ । अनिल लिम्बुकी श्रीमति शान्ता लावती सुब्वाको क्यापिटलवनको बैंक खाता नम्बर XXXXXXX८४३० मा जम्मा हुनेगरी स्थानान्तरण गरिएको राहत संकलनका अभियन्ता नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिद्र नेम्बाङले जानकारी गराउनु भएको छ । यो सहयोग रकमले पीडितको परिवारलाई केही राहत पुग्ने बताउँदै, नेम्बाङले राहत जुटाउँनका लागि सबै संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए । भर्जिनियावासी डाक्टर देशराज सम्योगले गोफण्डलाई संचालनमा ल्याएर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्वा र सुभद्रा सुब्वाले सबैलाई सहयोग गर्न अनुरोध गरेका थिए । यसको समन्वय किरात याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।पाँचथरको कुम्मायक गाउँपालिका रानीगाउँमा जन्मिएको अनिल सुब्वा लिम्बु बिगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहदै आएका थिए । ४९ बर्षीय अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्वा लिम्बु, ताङछो हाङ सुब्वा लिम्बु र एक छोरी रेनु सब्वा लिम्बु छन् । सहयोग संकलन समितिले रकम प्रदान गर्नेहरुको नामावली समेत प्रकाशन गरेको छ । सम्बन्धित निकायको फेसबुकमा गएर उक्त नामावली उपलब्ध छ । जसलाई सार्बजनिक पनि गरिएको छ । गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU  

images
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार - २०:२६:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend