Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बाल्टिमोरका शेरचन दम्पतीद्वारा डेरामा बस्नेको भाडा छुट

बाल्टिमोरका शेरचन दम्पतीद्वारा डेरामा बस्नेको भाडा छुट

नेप्लिज डायस्पोरा

२, बैशाख २०७७
images
  बाल्टिमोर अमेरिका अमेरिकाको बाल्टिमोरका एक नेपाली घरधनीले आफ्नो घरमा बस्ने नेपाली डेरावाललाई एक महिनाको डेरा भाडा छुट दिएका छन् । यो छुटले आफुलाई धेरै राहत मिलेको घरमा भाडामा बस्ने ढाकाराम खनालले नेप्लिज डायस्पोरासंग भन्नुभयो । अमेरिका जस्तो ठाउँमा बसेर पनि अहिलेको यो माहामारीले निम्त्याएको यो दु:खद घडिमा एक महिनाको भाडा नलिने निर्णय गरि ठूलो राहत दिने परोपकारी ब्यक्ति भुपेन सेरचन हुनुहुन्छ । "कोरोनाको असरले काम नै गर्न पाउनुभएको छैन, पसल, काम गरिने कम्पनीहरु पनि बन्द भएका छन्, यस्तो अवस्थामा कसरी भाडा लिनु ?’ शेरचनले भन्नुभयो, "अप्ठेरो अवस्थामा घरधनीले भाडामा बस्नेको पिरमर्का बुझ्नुपर्छ भन्ने सन्देश सबैतिर जाओस् भनेर यो निर्णय गरेको हुं ।" शेरचनको एउटा सिंगो घरमा ६ जना नेपाली युवाहरु ४ बर्षदेखि बस्दै आएका छन् । शेरचन परिवार पनि बाल्टिमोर मै अर्को घरमा बस्नुहुन्छ । गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg    

images
प्रकाशित मिति :बैशाख २, २०७७ मंगलवार - १६:५०:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend