आईआरएसले कोरोनाको महामारीका कारण पठाएको आर्थिक राहत अन्तरगतको रकम करदाताको खातामा आउन सुरु गरेको छ । जसअन्तरगत ७५ हजारभन्दा कम आम्दानीहुनेले १२ सय डलर प्राप्त गर्न थाालेका छन् भने १ लाख ५० हजार भन्दा कम आम्दानीहुने दम्पत्तिले २४ सय डलर प्राप्त गर्न थालेका छन् । १७ बर्षभन्दा कम उमेरका बच्चा हुनेहरुलाई थप ५ सय डलर पठाइएको छ ।
पहिलो आर्थिक प्रभाव रकम करदाताको खातामा डिपोजिट गरिएको र बाँकी करदाताहरुलाई पनि यथाशक्य छिटो पठाइदै जाने आईआरएसले जनाएको छ । बाँकीले पनि छिट्टै प्राप्त गर्दै जाने आईआरएसले स्पष्ट पारेको छ ।
आईआरएसले पेमेन्टको स्टाटस चेक गर्नका लागि नयाँ टुलको व्यवस्था गरेको छ । ‘गेट माई पेमेन्ट’ मा क्लिक गरेपछि पेमेन्टको स्टाटस, राहतको रकम प्राप्त हुने मिति, सिधै बैंकमा पठाइएको हो वा हुलाकमा त्यसको विवरण हेर्न सकिनेछ ।
राहत रकम ट्रयाक गर्न यहाँ क्लिक गर्नुहोला ।
यो टुलबाट योग्य व्यक्तिले सिधा बैंकमा रकम प्राप्त गर्नका लागि बैंक एकाउन्ट उपलब्ध गराउन सक्ने विकल्प समेत प्रदान गरिनेछ । रकम पठाइसकिएका व्यक्तिका हकमा यो विकल्प उपलब्ध हुनेछैन तर रकम पठाउन बाँकीहरुका सन्दर्भमा यो विकल्पको प्रयोग गरेर बैंकखाता दिन सकिनेछ । बैंक खाता दिएको खण्डमा कागजी चेकको तुलनामा छिटो रकम प्राप्त गर्नसकिनेछ ।
यसैबीच अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स फाइल गर्नु नपर्नेहरुले आफ्नो विवरण बुझाएर १२ सय डलरको राहत प्राप्त गर्न सक्ने भएका छन् |
बाँकी समाचार खसोखास डटकममा हेर्नुहोस