कोरोनाका कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि सहयोग गर्ने उद्देश्यले 'फ्रेन्ड्स अफ स्पर्श' नामक संस्थाले सहयोग गुताउने काममा अगाडी बढिरहेको छ । नेपाली समुदायका मानिसको दाह संस्कारमा सहयोग गर्न सकियोस भन्ने सोचले यो अभियान संचालन गरिएको 'फ्रेन्ड्स अफ स्पर्श'का सदस्य प्रकाश शर्राफ जानकारी दिनुभएको छ ।
जसका लागि गो फण्डमा खाता खोलिएको छ । ईच्छुकहरुले गो फण्डको यो लिंकमा गएर सहयोग गर्न सकिन्छ । तत्काललाई हरेक मृतकको दाहसंस्कारमा पन्ध्र सय डलर दिन सकियोस भन्ने उद्देश्य सहित १५ हजार डलर उठाउने अहिलेको योजना छ । यो अफ्ठेरो समयमा सबैले हातमा हात दिनुहुनेछ भन्ने विश्वास शर्राफको छ ।उहाँले भन्नुभयो अर्को हप्ता नै न्युजर्सीका दुई मृतकको दाहसंस्कारका लागि सहयोग पठाउन लागेको पनि जानकारी दिनु भएको छ ।
यदि उक्त कार्यमा सहयोग गर्न चाहनुहुन्छ भने यो
लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नु हुनेछ ।
कोरोनाका कारण मानिसहरुलाई बस्न खान अफ्ठेरो परिरहेको वर्तमान परिस्थितिमा मेरिल्याण्डमा सक्रिय एक संस्थाले निशुल्क खाना वितरण गर्ने गरेको छ । 'फ्रेन्ड्स अफ स्पर्श' नामक संस्थाले बाल्टिमोरको फुड बैंक मार्फत खाना वितरण गर्ने गरेको संस्थाका सदस्य प्रकाश शर्राफले बताउनु भयो ।
संस्थाले अहिले बाल्टिमोरमा कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई पनि खाना प्रदान गरेको छ । अझै पनि सहयोगका लागी आफुहरु सक्रिय रहेको 'फ्रेन्ड्स अफ स्पर्श'को फेसबुक पेजमा उल्लेख गरिएको छ ।
संस्थाले बिशेष गरी कसैको पेट भोको नहोस भन्ने मूल लक्ष्य लिएर आफ्नो क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका सदस्य प्रकाश शर्राफले नेप्लिज डायस्पोरासंग भन्नु भयो । फुड बैंकमा हरेक हप्ताको एक पटक खाना वितरण हुने दिन र समयको जानकारीका लागि 'फ्रेन्ड्स अफ स्पर्श'को फेसबुक पेजमा हेर्न सकिन्छ ।
'फ्रेन्ड्स अफ स्पर्श' बाल्टिमोरमा सक्रिय गैर सरकारी संस्था हो । अमेरिकाको मेरिल्याण्डमा सक्रिय यो संस्थाले बर्षौंदेखि यहाका गरिब र असहायहरुलाई सहयोग गर्दै आईरहेको छ ।
यहि संस्थाले नेपालमा भुकम्प गएको आठ बर्षिय बालक निभ शर्राफको पहलमा ४० हजार डलर (झन्डै चालिस लाख रुपैया) संकलन गरेर नेपाल पठाउन सफल भएको थियो । त्यसबेला बालक निभ शर्राफ र 'फ्रेन्ड्स अफ स्पर्श' को उक्त कार्यको सबैले प्रशंशा गरेका थिए ।
यदि उक्त कार्यमा सहयोग गर्न चाहनुहुन्छ भने यो लिंकमा क्लिक गरेर सहयोग गर्न सक्नु हुनेछ ।