Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

डिभी लोटरीको नतिजा मे ५ मै आउने

डिभी लोटरीको नतिजा मे ५ मै आउने

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
  गत अक्टोबरमा अमेरिकाको डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ देखि नै आउने भएको छ । कोरोना भाइरसको महामारीका बाबजुत पनि डिभी लोटरीको नतिजा तोकिएको समयमा नै आउने भएको हो । गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी लोटरी भरेकाहरुको नतिजा मे ५ मा आउने भएको हो । उनीहरुले आगामी अक्टोबर १ देखि अमेरिकाको भिसा पाउन सुरु गर्नेछन् । डिभी लोटरीको नजिता चेक गर्न यहाँ क्लिक गर्नुहोला । चालु आर्थिक बर्षका लागि डिभी लोभरी भरेकाहरुले अहिले कोरोनाको महामारीका कारण भिसा पाउनमा समस्या भएको छ । विदेशमा रहेका कैयन अमेरिकी दूतावास र कन्सुलेटहरुले नियमित भिसा जारी गर्ने कार्य स्थगित गरेका छन् । कोरोनाको महामारी कम भएपछि विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले डिभी लोटरी विजेताहरुलाई भिसा जारी गर्न सुरु गर्ने अपेक्षा गरिएको छ । मे महिनाका लागि ११ हजार ७ सय सम्म केस नम्बर हुनेहरुको भिसा प्रकृया अगाडि बढाउने बताइएको छ । खसोखासडटकमबाट ।

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०८:०७:०२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend