Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

रेडक्रसले पाल्पाका एम्बुलेन्स चालकलाई पिपिइ बाड्यो

रेडक्रसले पाल्पाका एम्बुलेन्स चालकलाई पिपिइ बाड्यो

नेप्लिज डायस्पोरा

५, बैशाख २०७७
images
मंगलबार, बैशाख २, पाल्पा, जिल्लामा स्वास्थ्य सामग्रीको अभावमा एम्बुलेन्स चालकले जोखिम मोलेर सेवा गरिरहनु परेको व्यापक गुनासो आइरहेका बेला सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी पाल्पाले भने एम्बुलेन्स चालकहरुलाई (पर्सनल प्रोटेक्टिभ इक्यूपमेण्ट) पिपिइ वितरण गरेको छ । अस्पतालमा जस्ता सुकै विरामीहरु पनि लैजानुपर्ने भएकाले एम्बुलेन्स चालक असुरक्षित हुने बन्दै रेडक्रसले जिल्लामा सञ्चालित १२ वटा एम्बुलेन्सका चालकहरुलाई पिपिइ वितरण गरेको हो । उक्त पिपिइ बगनाशकाली गाउँपालिका निवासी जीवन खनालको समन्वयमा उपलव्ध भएको थियो । काठमाडौँमा बसोबास गर्दै आउनुभएका खनालले पाल्पाको मिशन अस्पताललाई पनि ११ थान पीपीई पठाउनु भएको थियो । साथै खनालले काठमाडौँ उपत्यका ट्यांकर तथा बोरिङ्ग ब्यबसायीहरुलाई तिन थान पीपीई वितरण गर्नु भएको छ । उपत्यकामा पानी वितरण गर्नु ठुलो कुरा हो त्यसैले चालकहरु सुरक्षित हुन् भनेर सहयोग गरेको समाजसेवी जीवन खनालले नेप्लिज डायस्पोरासंग भन्नुभयो।

images
प्रकाशित मिति :बैशाख ५, २०७७ शुक्रवार - ०८:५५:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend