Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

जापानमा बिरामी पेउ नारायणको उपचारमा स्याङ्गजा समाजको तर्फबाट सहयोग

जापानमा बिरामी पेउ नारायणको उपचारमा स्याङ्गजा समाजको तर्फबाट सहयोग

नेप्लिज डायस्पोरा

२१, बैशाख २०७७
images
जापान स्याङ्गजाका पिउ नारायण न्यौपाने अहिले जापानमा ब्रेन ट्यूमरको अप्रेशन गरेर बसेका छन् । उनकी श्रीमती पाल्पाली चेली पुष्प अर्याल न्यौपाने श्रीमान पिउ नारायणको सेवामा छिन । झन्डै चार महिना भयो यो जोडीलाई हस्पिटल र अपार्टमेन्ट आउजाउ गर्दैमा ठिक्क छ । कामबाट बिदा लिएका छन् । “भगवानले हाम्रो कुरा सुन्नुभयो । तेस्रो चरणमा पुगेको ट्युमरको सजिलै उपचार भयो र श्रीमान अहिले सोचेभन्दा राम्रोसंग सन्चो हुदै हुनुहुन्छ । डाक्टरले चमत्कार भयो भनेका छन् ।” श्रीमती पुष्पाले भनिन । यो जोडीलाई अहिले सहयोगको खाँचो छ । जापानमा रहेका केहि संस्थाले सहयोग संकलन गरिसकेका छन् । जापानको साईतामा केनमा उपचार गराईरहेका पिउ नारायण न्यौपानेलाई स्याङ्गजा समाज जापानले पनि आर्थिक सहयोग गरेको छ । संस्थाका  अध्यक्ष सागर मणि भण्डारी समाजसेवी तथा जनसम्पर्क समिति जापानका उपाध्यक्ष पिताम्बर चापागाईं र हिम्मत चापागाईंको टोलि आफ्नो घर मा आएर सहयोग रकम प्रदान गरेको पुष्पाले बताईन । "विषम परिष्थितिकाे बाबजुद पनि हाम्रा लागि लडिदिनु भएकाे छ ।आगामि दिनमा अप्ठयारो परेकाे घडिमा हरपल साथ दिने बाचा गर्नु भएकाे छ याे भन्दा ठुलाे खुसि अरु हाम्राे लागि के हुन्छ र ? सम्पूर्ण सहयाेगि मनहरुमा हार्दिक आभार प्रकट गर्दछौ याे घडिमा हामि पिडित पट्क्कै छैनौ साथ दिने काेहि न भए पिडा हुन्छ तर हामि खुसि छौ परदेशमा परिवार पाएका छौ ।" पुष्पाले भनिन । “हामीहरुले समस्या थाहा पाएपछि छलफल शुरु गरेका हौँ । सबैले थोरै थोरै सहयोग गरेर उहाँहरुको समस्या समाधानमा साथ दिएका हौँ।” जनसम्पर्क समिति जापानका उपसभापति पिताम्बर चापागाईंले नेप्लिज डायस्पोरासंग भन्नुभयो । यो जोडीलाई अहिले सहयोगको खाँचो छ । पुष्पा नेपालमा सामाजिक काममा सक्रिय ब्यक्ति हुन् । जापानमा आएको धेरै भएको छैन तर जापान र नेपालका बिभिन्न सामाजिक काममा पनि सहयोग गरिरहेकी पुष्पा र उनका श्रीमानलाई जापानमा सहयोगको खाँचो छ । आशा छ, यहाँका सबै संस्थाहरु र सहयोगी मनहरुले स्वतस्फुर्त सहयोग गर्नुहुन्छ । https://youtu.be/PAxrMcYKOcg

images
प्रकाशित मिति :बैशाख २१, २०७७ आइतवार - ०९:४८:०९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend