Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

न्यु योर्कको जनजीवन सामान्य छ -बिष्णु सुबेदी

न्यु योर्कको जनजीवन सामान्य छ -बिष्णु सुबेदी

नेप्लिज डायस्पोरा

२८, बैशाख २०७७
images
  जन सम्पर्क समिति अमेरिकाका पुर्ब संयोजक बिष्णु सुबेदीले न्यु योर्कको जनजीवन सामान्य रहेको बताएका छन् । उनले केहि दिन मानिसहरु रोगका कारण त्रसित भएको भएपनि र केहि अत्यावश्यक सामग्री नपाईएको भएपनि अब सबै सामग्री सर्ब शुलभ तरिकाले पाईएको बताएका छन् । "मैले केहि जानकारीहरु र सूचनाहरु पनि समुदायलाई दिई रहेको छु" उनले भने । सुबेदीले आफ्नो फेसबुकमा न्यु योर्कमा पाइने निशुल्क सेवा र सुबिधाको जानकारी पनि फेसबुकमा राखेका छन् । जुन यसप्रकार छ । आवश्यक जानाकारी आदरणीय न्यूयोर्क वासी दिदीबहिनी तथा दाजु भाईहरू नमस्कार ।यदि तपाईहरू कोरोना महामारीको कारण अप्ठायरो परिस्थितिमा हुनु हुन्छ भने new york city ले Student लगाएत सबै न्यूयोर्क वासीलाई निशुल्क राहत र राहत सामाग्री उपलब्ध गराई रहेको छ आफुलाई पायक पर्ने ठाउमा जानु हुनु अनुरोध छ । तपाइको कानुनी हैसियत जे भए पनि तपाईले न्युयोर्क शहरको फूड प्यान्टीबाट निशुल्क खाना लगायत अरू सुविधाहरू प्राप्त गर्न सक्नुहुन्छ । जहाँ तपाईंले तयारी तातो खाना आफ्नो आवश्यकता अनुसार घरमा लिएर जान सक्नु हुन्छ । यदि तपाइले घरमा खाना वनाउन चाहानु हुन्छ भने निशुल्क ग्रोसरी समेत लिएर घरमा गई खाना बनाउन सक्नु हुनेछ । जसका लागि यो वेबसाइट मा हेर्नुहोस https://maps.nyc.gov/foodhelp/
1. न्यूयोर्कमा वसोवास गर्ने जो कसैले पनि तपाईको घर नजिकैका शहरभरिका 400 भन्दा बढी भोजन हबमा सोमबार देखि शुक्रवार सम्म बिहान ७.३० बजे देखि १.३० सम्म निशुल्क खाना बितरण हुन्छ, खाना लिनको लागि तपाइले कुनै आफ्नो परिचय समेत दिनु पर्दैन आवश्यकता अनुसार घरमा खाना लिएर जान सक्नु हुने छ । जसका लागि यो वेबसाइट मा हेर्नुहोस https://www.opt-osfns.org/schoolfoodny/meals/default.aspx 2. घर भाडा का लागि आपतकालीन नगद सहयोगको बारेमा : https://a069-access.nyc.gov/accesshra/ 3. खाद्यान्न सहयोग प्राप्त गर्न को लागि : https://www1.nyc.gov/site/hra/help/food-assistance.page 3. पोषण खाने कुरा को लागि : https://www1.nyc.gov/…/hra/…/snap-benefits-food-program.page 4. दहासस्कारका लागि आर्थिक सहयोग चाहिएमा https://www1.nyc.gov/site/hra/help/burial-assistance.page 5. COVID-19 बिरामी र परिवारका सदस्यहरुका लागी अस्थायी होटलको पनि city ले व्यवस्था गरि रहेको छ जसका लागि : https://www.nychealthandhospitals.org/temporary-hotel-room…/ 6. आफ्नै छिमेक मा COVID-19 टेस्ट को लागि : https://www1.nyc.gov/…/coronav…/resources/covid-testing.page 7. आफ्नै छिमेकमा फ्रि फूड कहाँ पाइन्छ हेर्नुहोस र आफुलाई पायक पर्ने ठाउमा लीन जानु होस यदि तपाईलाई आवश्यकता छ भने त्यसका लागी : https://dsny.maps.arcgis.com/apps/webappviewer/index.html… 8. COVID-19 अशक्त/आपांग मानिसहरूको सहयोग का लागि : https://www1.nyc.gov/…/covid-19-resources-for-people-with-d… 9. COVID-19 बाट प्रभावित व्यवसाय को राहत तथा ऋण सहयोग खोज्न को लागि : https://www.sba.gov/…/coronavirus-covid-19-small-business-g… 10. अहिले न्यूयोर्कमा सबै खाले माक्स mask हरू उपलब्ध छन यदि तपाई ले किन्न चाहानु हुन्छ भने सबै पसलहरू मा पाउन सक्नु हुन्छ। साथै हरेक पार्कहरूको entry point र हरेक ठाउ ठाउ मा राखीदिएको छ यहाहरूले Free लिन पनि सक्नु हुने छ । 11. अहिले तपाईहरूले न्ययोर्कको कुनै पनि फ़ार्मेसी बाट Tylenol ,Thermometer र Hand sanitizer आफुलाई आवश्यक सख्यामा किन्न , खरिद गर्न सक्नु हुने छ ।

images
प्रकाशित मिति :बैशाख २८, २०७७ आइतवार - १५:३८:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend