Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

लकडाउनका कारण भक्तजनको कमी

लकडाउनका कारण भक्तजनको कमी

नेप्लिज डायस्पोरा

३०, बैशाख २०७७
images
- सुशिल बस्याल बगनासकाली, बैसाख २७ पाल्पा जिल्लाको उत्तरी क्षेत्रमा रहेको ऐतिहासिक एवम सुन्दर पर्यटकीय धार्मिक स्थल शिद्धबाबा मन्दिर बगनासकाली - ८ बराङ्दी घिउसीबासमा अबस्थित छ ।   उक्त मन्दिरमा १०८ पीपल र १०८ शिवलिङ्गसँगै सानाठूला मन्दिरहरु रहेका छन् । मन्दिरमा दर्शन गर्ने भक्तजन दिनहुँ आई नै रहन्छन तर विशेष महाशिवरात्रीमा मेला लाग्छ भने साउन महिनाको प्रत्येक सोमबार र बैशाख महिनाको प्रत्येक शनिबार जल चढाउने भक्तजनको घुइँचो हुन्छ तर यस बर्षको शनिबार भक्तजनको सङ्ख्यामा अत्याधिक कमी आएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण भक्तजनमा कमी आएको हो । लकडाउनको बेला सवारी साधन र पैदल यात्रा गर्न रोक भएको कारण भक्तजनलाई आवतजावत गर्न कठिन भएको भक्तजनको गुनासो छ । विगतको बर्षमा बैशाख महिनामा भक्तजनको घुइँचो हुने मन्दिरमा यो बर्ष निकै कमी आएको छ र चढाउन आएका भक्तजनहरु सुरक्षित तरिकाले आई सामुहिक दुरी कायम गरी जल चढाउने गरेका छन् ।

images
प्रकाशित मिति :बैशाख ३०, २०७७ मंगलवार - १६:१३:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend