Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेपाली छोरो अर्थर गन अमेरिकन आईडल बन्लान ?

नेपाली छोरो अर्थर गन अमेरिकन आईडल बन्लान ?

images
सक्दो शेयर गरौँ आज अमेरिकन आइडलको यो सिजनको अन्तिम दिन हो । अमेरिकन आइडलको यो सिजनको आइडलको उपाधि कसले जित्ला भनेर अमेरिका भरीका संचार मध्यम र सांगीतिक बिटका पत्रकारहरु चर्चा गर्न लागेका छन् । अमेरिकाका संगीतप्रेमीहरुको बीचमा त यो बिषयमा चर्चा नगर्ने कुरै भएन । तर यो बर्ष अझै बढी उत्साही बनेका छन् नेपालीहरु । 'अर्थर गन' का नामबाट प्रशिद्धि कमाएका अर्थर गन नेपाली मुलका दिवस पोख्रेल हुन् । दिवस अमेरिकन आईडलको फाईनलिष्ट मात्र होइनन, उनि सबै भन्दा बढी मन पराईएका प्रतिस्पर्धी पनि हुन् । अर्थर गनले नै यो उपाधि जित्नेमा नेपालीहरु त सतप्रतिशत ढुक्क छन् । अमेरिकनहरु पनि यो कुरालाई नकार्न सक्दैनन् । अर्थर गनलाई भोट हाल्न नेपालीहरुले अभियान नै संचालन गरेका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले आफ्नो फेसबुक मै अर्थर गनलाई जतिसक्दो धेरै भोट गर्न अपिल नै गर्नु भएको छ । त्यसैगरी अन्य ब्यक्तिहरुले पनि उनलाई भोट गर्न सार्बजनिक आव्हान गरिरहेका छन् । आज मे १७ साँझ ८ (ET) बजेदेखि एबिसी टेलिभिजनबाट फाइनल प्रतिष्पर्धा शुरु हुनेछ । यो प्रतिस्पर्धामा Dillon James, Arthur Gunn, Francisco Martin, Jonny West, Julia Gargano, Louis Knight and Just Sam नाम गरेका सात प्रतिस्पर्धीहरु अहिले यहाँ चर्चाको शिखरमा छन् । ८ बज्ने बित्तिकै शुरु हुनेछ र दुईजनालाइ तत्काल इलिमिनेट गरिनेछ । बाँकी ५ जनालाई दुई दुई वटा गीतको टुक्रा गाउने अवसर दिईनेछ । र, त्यसैका आधारमा अमेरिकन आइडल छानिने छ । नेपालीको आशा अनुसार अर्थर गनले यो आइडल जित्ने विश्वास गरौँ ।

images
प्रकाशित मिति :जेठ ४, २०७७ आइतवार - १४:१७:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend