Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नबराज बिकको हत्यालाई लिएर अमेरिकामा सक्रिय संस्था नासो बोल्यो, बिशेष प्रकारको संसदिय छानबिनको माग

नबराज बिकको हत्यालाई लिएर अमेरिकामा सक्रिय संस्था नासो बोल्यो, बिशेष प्रकारको संसदिय छानबिनको माग

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
अमेरिकामा सक्रिय संस्था नासोले रुकुमस्थित चौरजहारीमा दलित भएकै कारण २१ बर्षका नबराज बिक र उनका साथिहरुमाथी भएको सामुहिक र सुनियोजित हत्याकाण्डप्रति गम्भीर चासो ब्यक्त गरेको छ। संस्थाका अध्यक्ष गोपाल विश्वकर्माले एक प्रेस बिज्ञप्ति जारी गरी उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरतापुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडाभन्दा कडा कारवाहीको जोडदार माग गर्दछौं भन्नु भएको छ । रुकुमको यस घटनाले दलितहरुको आत्मसम्मान र मनाबधिकारको मात्र हनन भएको छैन कि, दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको नासोको ठहर छ। प्रेस बिज्ञप्ति यसप्रकार छ
प्रेस बिज्ञप्ति आजको २१ ओं सताब्दिमा आएर पनि नेपालको रुकुम स्थित चौरजहारीमा दलित भएकै कारण २१ बर्षका नबराज बिक र उनका सथिहरुमाथि भएको सामुहिक र सुनियोजित हत्याकाण्डप्रति नासो कम्युनिटी अमेरिका गम्भीर चासो ब्यक्त गर्दछ। साथै उक्त घटनाको घोर भर्त्सना गर्दै बर्बरता पुर्बक गरिएको उक्त घटनाका दोषीहरुलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गर्दछ। रुकुमको यस घटनाले दलितहरुको आत्मसम्मान र मनाबधिकारको मात्र हनन भएको छैन कि, दलितहरुको बाँच्न पाउने अधिकारको समेत हनन भएको छ। घटनाले नेपालमा जातीय भेदभाब जस्तो अमानबिय प्रथा कायमै रहेको मात्र नभई जकड़ीएर रहेको प्रस्ट हुन्छ। यसले नेपालको संबिधान र कानुनमा भएको जातिय छुवाछुत बिरोधि व्यवस्थाहरुको उलंघन मात्र गरेको छैन कि लोकतान्त्रिक समाजको खिल्ली समेत उदाएको छ। अझ त्यसमाथि छानबिनलाई प्रभावित बनाई घटनामा सलंग्न दोसिहरुलाई उम्काउन गरिएका सबैखालका षड्यन्त्रहरु प्रति समेत हामी खबरदारी गर्न चाहन्छौ। र, घटनाको निस्पक्ष छानबिन गर्न बिशेस प्रकारको संसदिय छानबिनको माग पनि गर्दछौ। हामी घटनाको यस एस स्थितिमा जातीय भेदभाब विरुद्धको अझ कडा र सार्थक आन्दोलन आबस्यक भएको हुँदा दलित तथा मनाबअधिकारका लागि क्रियाशील सबै संघ-संगठनहरुलाई एकताबद्द भै निर्णायक आन्दोलनको लागि पनि अपिल गर्दछौ। गोपाल बिश्वकर्मा अध्यक्ष नासो कम्युनिटी अमेरिका ,

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १७:०३:३५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend