Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मेरिल्याण्डका नेपाली संस्थाहरुको ऐतिहासिक एकता: नेपाली बिद्यार्थीहरुलाई फेरी राहत वितरण हुने

मेरिल्याण्डका नेपाली संस्थाहरुको ऐतिहासिक एकता: नेपाली बिद्यार्थीहरुलाई फेरी राहत वितरण हुने

नेप्लिज डायस्पोरा

१५, जेठ २०७७
images
मेरिल्याण्डमा रहेका सबै नेपाली संघ संस्थाहरुले एक भएर यहाँका बिभिन्न कलेज र युनिभर्सिटीहरुमा अध्ययन गरेका बिद्यार्थीहरुलाई सहयोग गर्ने भएका छन। यसरी एकताबद्ध भएका संस्थाहरुमा एनआरएनए मेरिल्याण्ड च्याप्टर, साथि बाल्टिमोर, एनआरएनए भर्जिनिया च्याप्टर, हिन्दु बुद्ध मन्दिर मेरिल्याण्ड, जनसम्पर्क समिति मेरिल्याण्ड, प्रवासी नेपाली एकता मंच, बाल्टिमोर तमु समाज, कास्की समाज, बेलमन्ट पार्क भलिबल समुह, बाल्टिमोर तमु समाज, म्याग्दी समाज अमेरिका, पर्बत समाज अमेरिका, मगर समाज डिसी मेट्रो, चितवन समाज अमेरिका र तनहु अमेरिका सोसाईटी रहेका छन्। "यो एउटा ऐतिहासिक एकता र सेवाको काम हो" एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष राजु पराजुलीले भन्नुभयो। बिद्यार्थीहरुको सहयोगमा एकजुट हुनुहुने सबैप्रति साथि बाल्टिमोरका रमेश भट्ट, प्रविन खड्का, सरोज कार्की, अनुप खनालले एक स्वरमा खुशी ब्यक्त गर्नु भएको छ। मेरिल्याण्डका सबै संस्थाहरु एक साथ सामाजिक काममा जुटन पाउदा खुशी लागेको एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरका अध्यक्ष डोलनाथ घिमिरेले बताउनु भयो।

images
प्रकाशित मिति :जेठ १५, २०७७ बिहिवार - १८:३०:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend