नमस्ते अन्लाईन टिभी काठमाडौँ : भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत संगीत मार्फत “दादागिरी छोड भारत” भन्दै गायिका सम्झना लामिछाने र गायक सूर्य खड्काले गीत मार्फत भारतलाई चेतवानी दिँदै हुनुहुन्छ ।
लोकप्रिय गायक सुर्य खड्का र लोकप्रिय गायिका सम्झना लामिछाने मगरको सुमधुर स्वरमा भारतीय विस्तारवादको विरुद्धको समसामयिक गीत-“ दादागिरी छोड भारत” सार्वजनिक सँगै एउटा समाजमा निकै मिठो सन्देश दिनु भएको छ । उक्त गीत तथा भिडियोलाई निकै मन परेको छ बजारमा सार्वजनिक भएको निकै छोटो समयमा नेपाली सामाजिक सञ्जाल लगायत टिक टक मार्फत पनि निकै भिडियो बनेका छन् भने नेपाली कलाकारहरुले आफ्नो देश तथा आफ्नो जन्मभूमिको लागि गर्न सक्ने काम देखाउनु भएको छ ।
देशको सिमा लुटिएको बिषयमा, शिव अखेलीको शब्द तथा खेम सेन्चुरीको लयमा रेहको गीत अत्यन्तै सान्दर्भिक अनि वर्तमान परिवेशमा रगत उमाल्ने राष्ट्रभावले भरिएको छ ।
भिडियो हेर्नको लागि तलको लिंकमा क्लिक गर्नु होला।