Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भारत बिरुद्ध एनआरएनए अमेरिकाजले युएनको सुरक्षा परिषदमा ज्ञापन पत्र बुझायो

भारत बिरुद्ध एनआरएनए अमेरिकाजले युएनको सुरक्षा परिषदमा ज्ञापन पत्र बुझायो

नेप्लिज डायस्पोरा

२९, जेठ २०७७
images
भारत बिरुद्ध एनआरएनए अमेरिकाजले युएनको सुरक्षा परिषदमा ज्ञापन पत्र बुझायो

एनआरएनए अमेरिकाजको बिशेष पहलमा युएनको सुरक्षा परिषदमा भारत बिरुद्ध ज्ञापन पत्र बुझाईएको छ। सुरक्षा परिषदका लागि अमेरिकी राजदुत केली क्राफ्टलाइ डिजिटल बैठकद्वारा उक्त ज्ञापन पत्र बुझाईएको थियो।

राष्ट्रसङ्घ सुरक्षा परिषद्को महत्वपूर्ण देश अमेरिकाको तर्फबाट राष्ट्रसङ्घका लागि राजदूत रहेकी केलीलाई ज्ञापनपत्र बुझाउँदा त्यसले विशेष महत्व राख्ने सङ्घको बुझाइ छ । नेपालले हालै सार्वजनिक गरेको लिम्पियाधुरासहितको नक्सा समेत समावेश गरी सङ्घले राजदूत केलीलाई ज्ञापनपत्र बुझाएको एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिए ।

लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको भूमि भएको भनी प्रमाणित गर्ने आधारसहितका विभिन्न कागजातका कपीहरु र विगतमा नेपालले प्रचलनमा ल्याएको लिम्पियाधुरासमेत समावेश रहेको नक्सा अङ्कित रु एक सिक्काको कपीसमेत ज्ञापनपत्रमा संलग्न गराइएको क्षेत्रीय संयोजक त्रिपाठीले बताए ।
एनआरएनए अमेरिकाजका संयोजक राजन त्रिपाठीले भारतले नेपालको जग्गा अतिक्रमण गरेको र सुगौली सन्धिको उल्लंघन गरेको बिषयमा बैठकमा आफुले जोडदार रुपमा उठाएको बताए ।

डिजिटल बैठकमा एनआरएनएका अन्य पदाधिकारीहरु र अन्य संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता थियो।

 

1.jpeg

images
प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - ०३:४१:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend