Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

गोपेन्द्र भट्टराई ९ औ एजीएम तथा राष्ट्रिय विज्ञ सम्मेलनको अर्थ समितिको संयोजक नियुक्त

गोपेन्द्र भट्टराई ९ औ एजीएम तथा राष्ट्रिय विज्ञ सम्मेलनको अर्थ समितिको संयोजक नियुक्त

नेप्लिज डायस्पोरा

३१, जेठ २०७७
images
गोपेन्द्र भट्टराई ९ औ एजीएम तथा राष्ट्रिय विज्ञ सम्मेलनको अर्थ समितिको संयोजक नियुक्त

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति, अमेरिकाले संस्थाको ९ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय विज्ञ सम्मेलन २०२० को अर्थ समितिको संयोजकमा गोपेन्द्र भट्टराईलाई नियुक्त गरिएको छ।

९ औ एजीएम तथा राष्ट्रिय विज्ञ सम्मेलनका कन्भेनर तथा बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले भट्टराईलाई नियुक्त गर्नु भएको हो। भट्टराईले लामो समयदेखि एनआरएनए अमेरिकाका बिभिन्न पदमा बसेर सहयोग गर्दै आउनु भएको छ।

"म बिगतमा जस्तै यो जिम्मेवारीलाई पनि सक्दो बढी मेहेनत गरेर पुरा गर्नेछु।" भट्टराईले नेप्लिज डायस्पोरासंग भन्नुभयो।

जिम्मेवारी प्राप्त गरेलगत्तै भट्टराईले साहयोगका लागि सार्बजनिक आव्हान गर्नुभएको छ।

Dear friends,
I hope you have already received a communication from NCC on बिधान सम्बन्धमा - राय सुझाव संकलन सम्बन्धि जरुरि सुचना!

Please use the link below to submit your suggestions on bylaws amendments.

https://nrnnccofusa.wufoo.com/…/suggestions-for-the-amendm…/

Please remember that your inputs are invaluable to stear the organization in right direction.

Thank
Gopendra Bhattarai
Member Bylaws Committee
NRNA NCC of USA

भट्टराईलाई प्राप्त जिम्मेवारी

जुलाई १२, २०२०

श्री गोपेन्द्र भट्टराई
कार्मेल, इन्डियाना ४६०३२

बिषय: अर्थ सङ्कलन समितिमा मनोनयन सम्बन्धमा ।

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति, अमेरिकाले संस्थाको ९ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय विज्ञ सम्मेलन २०२० यही जुलाई ३-५, २०२० मा अनलाइन मार्फत गर्न लागेको कुरा विदित नै छ । अनलाइन मार्फत गरिने भए पनि यी कार्यक्रम सफलताका साथ सम्पन्न गर्न प्राविधिक र अन्य क्षेत्रमा हुने खर्चको व्यवस्थापनको लागि रकमको आवश्यकता पर्ने कुरामा कुनै दुई मत छैन । गैर-आवासीय नेपाली सङ्घ, अमेरिकाको आगामी ९ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय विज्ञ सम्मेलन २०२० को लागि अर्थ सङ्कलनको संयोजन गर्नका लागि तपाईँ श्री गोपेन्द्र भट्टराईलाई संयोजक मनोनीत गरिएको जानकारी गराउन पाउँदा खुसी लागेको छ । कन्भेनर र कोषाध्यक्षसँग आवश्यक सल्लाह र समन्वय गरी अर्थ सङ्कलन समितिलाई पूर्णता दिई जिम्मेवारी पूर्वक कार्य सम्पन्न गर्नुहुन हार्दिक अनुरोध छ ।

भवदीय,
डा. अर्जुन बन्जाडे
कन्भेनर, ९ औ वार्षिक साधारण सभा तथा राष्ट्रिय विज्ञ सम्मेलन २०२०
वरिष्ठ उपाध्यक्ष (२०१९-२०२१)
गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति, अमेरिका

Dr. Arjun Banjade
Senior Vice President, NRNA NCC of USA (2019-2021)
E-mail: [email protected]
Cell# 214-680-2871
http://www.nrnusa.org

images
प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - १८:४३:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend