Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

अमेरिकाबाट जुन २३ र २५ मा चारवटा जहाज नेपाल जाने

अमेरिकाबाट जुन २३ र २५ मा चारवटा जहाज नेपाल जाने

नेप्लिज डायस्पोरा

२, आषाढ २०७७
images
अमेरिकाबाट जुन २३ र २५ मा चारवटा जहाज नेपाल जाने


बिभिन्न कारणले तत्काल नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरुले अब नेपाल जान पाउने भएका छन्। नेपाल सरकारको निर्णय अनुसार अमेरिकाबाट जुन २३ मा २ वटा र जुन २५ मा २ वटा गरि जम्मा ४ वटा उडानबाट नेपालीहरुलाई नेपाल जाने व्यवस्था गरेको हो।

जस अनुसार २३ गते टर्किस एयरलाईन्सले न्यु योर्कबाट र कतार एयरलाईन्स वाशिंगटन डिसीबाट उडान भर्नेछन्। त्यस्तै जुन २५ गते टर्किस एयरलाईन्सले शिकागोबाट र कतार एयरलाईन्सले डल्लासबाट उडान भर्नेछन्।

नेपाल सरकारले बिमान पठाएर अमेरिकाका नेपाली लैजान लागेको खबरबाट आफु खुशी भएको एनआरएनए एनसिसि अमेरिकाका बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले प्रतिक्रिया दिनुभयो।


बन्जाडेलाई एनआरएनए एनसिसि अमेरिकाले यो बिषयलाई सहजीकरण गर्न र तथ्यांक संकलन गर्न जिम्मा दिएको थियो। बन्जाडेले सरकारले नेपाली फिर्ता गर्न लाग्दै गर्दा कोरोना टेष्टको झन्झटिलो व्यवस्था गरेकोमा असन्तुष्टि ब्यक्त गर्नु भयो। साथै उहाँले नेपालमा आफ्नै घरमा परिवारसंग क्वारेन्टिनमा बस्न चाहनेहरुलाई सरकारले अनुमति दिनुपर्ने सुझाव नेप्लिज डायस्पोरा मार्फत दिनु भएको छ।

मन परे मात्रै शेयर गर्नुहोला ! सुने मन परिहाल्छ !


साथै बन्जाडेले पहिले नै काटिसकेका टिकटहरुको बारेमा यो सूचनामा केहि उल्लेख नभएको गुनासो आएको भन्दै त्यसतर्फ विचार गर्न आग्रह पनि गर्नु भयो।

"ढिलो अवश्य भयो तरपनि नेपाल सरकारलाई धन्यवाद दिन्छु।" अमेरिका मै लामो अमय बस्न बाध्य हुनुभएका सुप्रभात भण्डारीले नेप्लिज डायस्पोरासंग भन्नुभयो। नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले नेपाल जान पाउँ भन्दै आवाज उठाउदै आउनु भएको थियो।

सरकारले अप्ठेरोमा परेका नेपालीको उद्दार गर्दा चर्को भाडा दर तोकेकोमा भने संसारभरका नेपालीजस्तै यहाका नेपाली पनि रुष्ट छन्। कुनै बेला आतेजाते ९ सय डलरसम्ममा उपलब्ध हुने टिकटलाई सरकारले एकतर्फी नै १६०० डलर तोकेकोमा उनीहरु रुष्ट भएका हुन।


अमेरिकास्थित नेपाली दुताबासले सम्पूर्ण जानकारी सहितको आधारिक सूचना सार्बजनिक गरेको छ।


हेर्नुहोस सूचना

 

1.jpg

 

भगवान भण्डारी र शिला आलेको बिगत के हो?

images
प्रकाशित मिति :आषाढ २, २०७७ मंगलवार - ०३:२१:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend