अमेरिकामा महामारीका कारण अडकिएका करिव ३ सय नेपाली नेपालका लागि उडेका छन्। उनीहरु ३ महिनादेखि नेपाल जान पाएका थिएनन। करीव २८१ जना नेपाली अहिेले न्यूयोर्कबाट उडेकाको स्रोतले बताएको छ।
।
न्यूयोर्कको जेएफके अन्तरराष्ट्रिय बिमान स्थलबाट न्यूयोर्कको समय अनुसार १०:१५ बजे बिहान उडने भनेता पनि बिमानले जमिन चै करिव बिहानको ११ बजे छोडेको छ ।
उनिहरुलाई टर्किस एयरवेजबाट लगिएको हो । उक्त उडान डिसीबाट उडने भनिएता पनि यात्री नपुगेको कारण न्यूयोर्कबाट व्यवस्था गरिएको हो ।
३ महिनापछि नेपाल जान पाएका सवै यात्रीहरु प्रफूल्ल र हसिलो खुसिलो अनुहार पार्दै मुस्कान र हासो साथ दंग परेका थिए । नेपाल उडने मध्ये कै एक यात्री नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी अत्यन्तै खुसी भएको फेसबुकमा सार्बजनिक गरेका थिए ।