Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

तिमीले मेरो मुटुमा चोट लगाएर गयौ । ✍️ डि.जे 'असफल' कैलाली (५ मुक्तकहरू)

तिमीले मेरो मुटुमा चोट लगाएर गयौ । ✍️ डि.जे 'असफल' कैलाली (५ मुक्तकहरू)

नेप्लिज डायस्पोरा

२३, आषाढ २०७७
images
तिमीले मेरो मुटुमा चोट लगाएर गयौ । ✍️ डि.जे 'असफल' कैलाली (५ मुक्तकहरू)

मुक्तक - १

सँगै हाँस्ने हामीले अनि सँगैसँगै रुनुपर्छ
शत्रु लाग्न सक्छन् फेरी चलाखी हुनुपर्छ
सादा जीवन र उच्च विचार गरेर प्रिया,,
धर्तीमात्र होईन हामीले त आकाश पनि छुनुपर्छ ।

 

मुक्तक - २

बाँचुन्जेल तिमीले मलाई हात दिनुपर्छ
चोखो मायालाई निरन्तर मात दिनुपर्छ
मुटु फुटेपछि माया कसरी गर्छ्यौ प्रिया,
अजम्बरी चोखो मायाको सौगात दिनुपर्छ ।

मुक्तक -३

मैले आफूलाई हिरो अहँ भन्दै भनेको छैन
फेरि खुर्सानी जस्तै पिरो भन्दै भनेको छैन
एकचोटी असफललाई बुझेर चाखेर त हेर,
पटक्कै साहित्यमा जिरो भन्दै भनेको छैन ।

मुक्तक -४

जुनी-जुनी तिम्रै हुन्छु भनी फसाएर गयौ
घर न घाटको मलाई पारी बनाएर गयौ
मुखमा रामराम बगलीमा छुरा गरेर प्रिया,
हो तिमीले मेरो मुटुमा चोट लगाएर गयौ ।

मुक्तक -५

न बाँच्ने भएको छु न मर्ने भएकोछु
सयौँ नदिनालाहरू म तर्ने भएकोछु
भुलेर नि आफन्तले मेरो घरमा नभन्नु
यो दुनियाँबाटै अब म सर्ने भएको छु ।


- बौनियाँ कट्टिपुर, कैलाली ।

images
प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - २३:४४:१५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend