Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था (एन्पा)को अध्यक्षमा डा. जगन देवकोटा

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था (एन्पा)को अध्यक्षमा डा. जगन देवकोटा

नेप्लिज डायस्पोरा

१०, श्रावण २०७७
images
अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था (एन्पा)को अध्यक्षमा डा. जगन देवकोटा

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था असोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा)को अध्यक्षमा डा. जगन देवकोटा सर्बसम्मत रुपमा निर्वाचित भएका छन्। हालै सम्पन्न साधारणसभाबाट देवकोटालाई निर्वाचित गरिएको हो। एन्पाको निवर्तमान अध्यक्षमा बिधानत: डा. श्रीकृष्ण भट्टराई चुनिनु भएको छ।


यसैगरि एन्पाको उपाध्यक्षमा डा. सी आर भट्ट, महासचिवमा डा. चन्द्र मौली अधिकारी, कोषाध्यक्षमा डा. सुनिता हुमागाईं निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरुमा डा. टिका राम न्यौपाने, डा. नबिन मालाकार, अशोक तिम्सिना, र डा. पशुपति ढकाल निर्वाचित हुनुभएको छ।

अध्यक्ष देवकोटा लगायत सिंगो कार्य समितिलाई अमेरिकामा रहनु भएका बरिष्ठ नेपाली भौतिकशास्त्री द्वय डाक्टर यादव पण्डित र डाक्टर रुद्र अर्यालले शुभकामना ब्यक्त गर्नु भएको छ।

Screen Shot 2020-07-24 at 7.34.50 PM.png

images
प्रकाशित मिति :श्रावण १०, २०७७ शनिवार - ०५:३५:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend