Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

टेक्ससको तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन

टेक्ससको तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन

नेप्लिज डायस्पोरा

१३, श्रावण २०७७
images
टेक्ससको तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन

 

अमेरिकाको टेक्सस राज्यको लुइसभिल तालमा डुबेर २३ बर्षिय नेपाली बिद्यार्थी अश्मिता खनालको निधन भएको छ । गत आईतबार जुलाई २६ का दिन खनाल डुंगाबाट खसेर उनको निधन भएको हो ।

टेक्ससकै बिश्व बिद्यालयमा अध्ययन गर्दै गरेकी खनाल उक्त तालमा डुबे पछि उनलाई गोताखोरहरुले घन्टौको खोजी पछि उनको शव फेला पारेका थिए । उनको शवलाई हाल टेक्ससकै टेरंट काउन्टी स्थित चिकित्सा शव जाँच केन्द्रमा राखिएको छ ।


उनको निधन पछि उनको सहयोगको लागि गो फन्ड खोलिएको छ । उनको दाहसंस्कारको लागि ३० हजार डलर सङ्कलन गर्ने लक्ष्य राखिएको केही घण्टा मै ११ हजार डलर उठी सकेको छ ।

नजिकका नातेदार तथा परिवार सदस्यहरुले कानुनी रुपमा दाह संस्कार गरिने सम्बन्धमा काम गरि रहेको नेपाली समुदायले जनाएका छन ।

खनालको सामाजिक संजाल(फेसबुक-मुहार पुस्तिका)मा आफु काठमाडौँ घर भएको उनले उल्लेख गरेकी छिन् । अमेरिका उच्च अध्ययनमा आएकी खनाल उक्त तालमा साथीहरुसंग गएकी थिइन । श्रोतका अनुसार अन्य साथीहरुले सुरक्षाको लागि लाइफ ज्याकेट लगाएका थिए भने उनले लगाएकी थिइनन ।

स्थानीय फक्स४ न्युज डटकमका अनुसार डेन्टन काउन्टीका एक खेल रक्षक(वार्डन)ले ३ बजे भन्दा पहिले हराएको खबर पाएपछि खोजी सुरु भएको थियो भनि समाचार प्रकाशित गरेको छ ।

उनी हाईल्याण्ड गाउँको एक डुंगामा सवार थिइन भनेर बताइएको छ। इनेप्लिजबाट

images
प्रकाशित मिति :श्रावण १३, २०७७ मंगलवार - ०५:२४:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend