Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना वितरण

हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना वितरण

नेप्लिज डायस्पोरा

२५, श्रावण २०७७
images
हेभेन्ली पाथद्वारा ११ औं दिनसम्म खाना वितरण

सुम्नु देवि राई

अमेरिका

काठमाडौका विभिन्न स्थानहरुमा रहेका दिनदु:खी असहायहरुलाई हेभेन्ली पाथले खाना र पानी वितरण गरेको छ । हेभेन्ली पाथ अमेरिकाका अध्यक्ष सुकु रुम्दाली र महासचिव हर्क चाम्लिङको संयोजनमा विभिन्न राज्यहरुबाट सहयोग संकलन गरि १० औं दिन सम्म खाना र पानी बितरण गरिएकोछ भने हेभेन्ली पाथ हङकङका उपाध्यक्ष MD Gaya Rai (Tryanam ) बाट १ दिन गरि ११ दिन खाना पानी वितरण गरिएको हो ।

काठमाडौका पशुपति क्षेत्र, बालाजु, जे. पि. रोड, ठमेल, रत्नपार्क, सोह्रखुट्टेका स्थानहरुमा prisoners assitance Nepala का founder साथै chairperson पि.ए. इन्दिरा राना मगरको सहकार्यमा नेपालबाट हेभेन्ली पाथ नेपालका सम्पर्क सचिव मनु (स्काई) ले संयोजन गर्नु भएको थियो ।

यस कार्य का लागी ११ औं दिन सम्म गायक सुबि राई , हेभेन्ली पाथ नेपाल जिल्ला शाखा काठमाडौका उपाध्यक्ष शोभा राई , युवा संघ काठमाडौ जिल्ला शाखाका अध्यक्ष प्रेरणा वाम्बुले, चन्द्र देवान, हरिकला साम्पाङ, कादम्बिनी चाम्लिङ, जिना राई, सहदेव श्रेष्ठ , त्रिसला राई (media HP), प्रनेश राई, सम्राट राई,सन्तोष (होलि ) लगायतले स्वयंसेवकको रुपमा कार्य गर्नु भएको थियो ।

खाना होटल चपलेटी बाट होटलका ब्यवस्थापक आनन्द राईले ब्यवस्था गर्नु भएको थियो । सेमिङ्ग गुरु USA ले अमेरिकामा रहेका विभिन्न राज्यमा भएका यात्रीहरु सँग सहकार्य, सहमति र एक भएर यस कार्यक्रम सफल पार्नुमा विशेष भुमिका निर्वाह गर्नु भएको थियो भने, USA बाट मिडिया कोअर्डिनेटर सुम्नु देवि राईले देशविदेशमा छरिएर बस्नु भएका सबै यात्रीहरुमा यस कार्यक्रम सफल बनाउनको लागि बिशेष भुमिका निभाउनु भएको थियो ।

विपत्तिमा परेकाहरुलाई निरन्तर खाना खुवाउने योजना हुदाहुदै पनि नेपालमा कोरोना संक्रमण बढ्दै गएकोले हालको लागि बन्द गरिएको छ भने निकट भविष्यमा संसार भरि छरिएर बसेका यात्रीहरुको तर्फबाट आवश्यक भए फेरि पनि विपत्तिमा परेकाहरुलाई खानपिनको व्यवस्था गर्ने हेभेन्ली निर्वाणा पाथ- हंगकंगको उप-सभापति त्रियनम(Gaya Rai ) एम्.डि. ले जानकारी गराउनु भएको छ ।

 

 

images
प्रकाशित मिति :श्रावण २५, २०७७ आइतवार - ०४:५०:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend